नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ, असार १ गते ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ३ स्थित मुलचोक बजार टोल विकास संस्थाले हरेक महिनाको अन्तिम शनिबार सरसफाई अभियान सञ्चालन गर्ने भएको छ। बजार क्षेत्रलाई स्वच्छ, सफा र हराभरा बनाउने उद्देश्यले सो अभियान सुरु गरिएको संस्थाका अध्यक्ष कुल बहादुर झ्यारी मगरले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो।
संस्थाका अनुसार वातावरण प्रदूषण नियन्त्रण गर्ने र खोला क्षेत्रलाई सफा बनाउने लक्ष्यका साथ टोल विकास संस्थाका सदस्यहरूको सहभागितामा सरसफाई अभियान नियमित रूपमा सञ्चालन गरिनेछ।
जेठ महिनाको अन्तिम शनिबार भएको अभियान अन्तर्गत संस्थाको कार्यक्षेत्रभित्र रहेका कुहिने तथा नकुहिने फोहोरहरू संकलन गरी सरसफाई गरिएको थियो। सरसफाई अभियानमा करिब ५० जनाको सक्रिय सहभागिता रहेको संस्थाले जनाएको छ।
अध्यक्ष झ्यारीले आगामी दिनहरूमा पनि यसैगरी हरेक महिनाको अन्तिम शनिबारलाई ‘सरसफाई अभियान दिवस’ का रूपमा मनाउँदै नियमित सरसफाई गरिने योजना रहेको बताउनुभयो।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |