धादिङबेशी,९ जेष्ठ । न्यु किबो बोर्डिङ विद्यालयले शैक्षिक सत्र २०८२ का लागि विद्यार्थी नेतृत्व चयन गर्न आज शुत्रबार विद्यालयस्तरीय निर्वाचनको कार्यक्रम आयोजना गरकोे छ ।
विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टका अनुसार कक्षा ७, ८ र ९ का विद्यार्थीहरूबाट नेतृत्व छनोटका लागी कुल ४३ जनाले उम्मेदवारी दिएका छन् । विद्यालय कप्तान र उप–कप्तान पदका लागि रातो, पहेलो, हरियो, र निलो चारै सदनबाट १/१ जना गरी ४/४ जना उम्मेदवार परेको उहाँले जानकारी दिनु भयो ।
यसैगरी, सदन कप्तान र उप–कप्तानका लागि पनि उल्लेख्य संख्यामा विद्यार्थीले उम्मेदवारी दिएका छन् । पहेलो सदनबाट कप्तानका लागि ४ र उप–कप्तानका लागि ५, हरियो सदनबाट कप्तान र उप–कप्तान दुवै पदमा ४/४, रातो सदनबाट ५ र ४, र निलो सदनबाट क्रमशः ४ र ५ जनाले उम्मेदवारी दिएका छन् ।
विद्यालयका प्रिन्सिपल प्रयास रेग्मीले यस चुनावमार्फत विद्यार्थीहरूलाई सामाजिक विषयका व्यवहारिक पक्ष सिकाउने उद्देश्य लिएको र स्थानीय निर्वाचनझैँ प्रक्रिया अपनाएर विद्यार्थीहरूलाई प्रयोगात्मक शिक्षा दिन खोजिएको बताउनुभयो ।
निर्वाचन प्रक्रिया, उम्मेदवारी दर्तादेखि मतगणनासम्मको सबै कार्य विद्यार्थीहरूको सहभागितामा पारदर्शी रूपमा सम्पन्न गरिने प्रिन्सिपल रेग्मीले बताउनु भयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |