प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ, १३ बैशाख ।
धादिङमा भेटेरिनरी दिवसको अवसरमा रेविज रोग नियन्त्रणको लागि समन्वय सहकार्य तथा अन्य विविध विषयमा अन्तिक्रिया गरिएको छ । शनिबार “पशु स्वास्थ्यको लागि सामुहिक पहल“ भन्ने मुल नाराको साथ अन्तिरक्रिया गरिएको हो ।
नीलकण्ठ नगरपालिका पशु सेवा शाखाको अयोजनामा भएको कार्यक्रममा रेबिज रोग र यसबाट बच्न अपनाउनुपर्ने साबधानीहरुको बिषयमा छलफल गरीएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक बिश्वकर्माले रेविज रोग व्यवस्थापनको लागी नगरपालिका गम्भिर भएर लागेको बताउनुभएको छ ।
नगरपालिकाले सामुदायिक कुकुरहरुलाई भ्याक्सिनेशन गर्ने, कुकुर बध्याकरण गर्नेजस्ता कामहरु गरेर रेबिजको जोखिम कम गर्ने प्रयास गरिरहेको बताउनुभएको छ । साथै नगरपालिकाले पशुजन्य समस्याहरु हल गर्नको लागि एक वडा एक पशु प्राविधिकको व्यवस्था गर्ने लक्ष्य लिएकोे बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा पशु सेवा शाखाका डा. आचल श्रेष्ठले बेबासिरे कुकुर व्यवस्थापन, बधशाला व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रम नीलकण्ठ नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक सुवास खतिवडाले संचालन गर्नुभएको थियो ।





निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |