नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ, १३ बैशाख ।
धादिङमा भेटेरिनरी दिवसको अवसरमा रेविज रोग नियन्त्रणको लागि समन्वय सहकार्य तथा अन्य विविध विषयमा अन्तिक्रिया गरिएको छ । शनिबार “पशु स्वास्थ्यको लागि सामुहिक पहल“ भन्ने मुल नाराको साथ अन्तिरक्रिया गरिएको हो ।
नीलकण्ठ नगरपालिका पशु सेवा शाखाको अयोजनामा भएको कार्यक्रममा रेबिज रोग र यसबाट बच्न अपनाउनुपर्ने साबधानीहरुको बिषयमा छलफल गरीएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक बिश्वकर्माले रेविज रोग व्यवस्थापनको लागी नगरपालिका गम्भिर भएर लागेको बताउनुभएको छ ।
नगरपालिकाले सामुदायिक कुकुरहरुलाई भ्याक्सिनेशन गर्ने, कुकुर बध्याकरण गर्नेजस्ता कामहरु गरेर रेबिजको जोखिम कम गर्ने प्रयास गरिरहेको बताउनुभएको छ । साथै नगरपालिकाले पशुजन्य समस्याहरु हल गर्नको लागि एक वडा एक पशु प्राविधिकको व्यवस्था गर्ने लक्ष्य लिएकोे बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा पशु सेवा शाखाका डा. आचल श्रेष्ठले बेबासिरे कुकुर व्यवस्थापन, बधशाला व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रम नीलकण्ठ नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक सुवास खतिवडाले संचालन गर्नुभएको थियो ।





निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |