धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
धादिङ, २४ चैत्र ।
अस्मिता पोखरेल ।
उत्तरी धादिङलाई जोड्ने दामन पाख्रिन मार्गको धादिङबेसी–सांकोष खण्डको स्तरउन्नती तथा कालोपत्रे कार्य सुरु भएको छ । चार दशक अगाडि सुरु भएको मार्गको उक्त खण्डमा १६ किलोमिटर क्षेत्रमा स्तरउन्नती तथा कालोपत्रे सुरु भएको हो ।
धुलोले हैरान भएका, असहज यात्राका कारण सास्ती खेपिरहेका नागरिक अहिले सडकमा भइरहेको प्रगति देखेर खुसी भएका छन् । स्थानीय बासिन्दा कर्णकुमारी योगीले भन्नुभयो, “धुलोले खाना खानै गाह्रो हुन्थ्यो, स्वास्थ्यमा असर गथ्र्यो । अब यो समस्या अन्त्य हुने आशा छ ।”
सडक निर्माणसँगै अब धादिङबेसी पुग्न सजिलो हुने भएकाले सवारी चालकहरु पनि उत्साहित छन् । सवारी चालक किरण थापा मगरका अनुसार, कालोपत्रे कार्यले यात्रा सहज मात्र नभई सुरक्षित पनि बनाउनेछ ।
भौतिक पूर्वाधार मन्त्रालयको ३६ करोड रुपैयाँको लागतमा धादिङबेसीदेखि नेत्रावती डबजोङ गाउँपालिकाको केरुन्जासम्म १६ किलोमिटर सडक स्तरउन्नती गर्दै कालोपत्रे गर्ने सम्झौता भएको थियो । तर, विभिन्न कारणले यो आयोजना पटक–पटक म्याद थपेर मात्र काम अगाडि बढ्न सक्यो । अहिले भने कामले नयाँ गति लिएको छ ।
निर्माण कार्यमा संलग्न वरिष्ठ इन्जिनियर सागर कुमार झाका अनुसार, सडक कालोपत्रेको काम तीव्र गतिमा अघि बढिरहेको छ । उहाँले भन्नुभयो, “समय लागे पनि सडकले स्थानीयको दैनिकी सहज बनाउनेछ ।”
धेरै पटक म्याद थपिएको अनुभव गरेका स्थानीय बासिन्दाहरु भने अझै पनि आशंकित देखिन्छन् । नीलकण्ठ नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष धर्मराज भण्डारीले भन्नुभयो, “काम अघि बढेको देख्दा खुसी लागेको छ । तर, पुनः म्याद थप्नु परेमा यसको पूर्णता कहिले हुन्छ भन्ने अझै निश्चित छैन ।”




निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |