धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
सिद्धलेक गाउँपालिकाले समसामयिक शैक्षिक सवाल तथा सामुदायिक बिधालयको शिक्षाको गुणस्तर बृद्धि सम्बन्धमा बिधार्थीहरुसँग अन्तरक्रिया गरेको छ । मंगलबार सिद्धलेक गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा गाउँपालिकाको सभाहलमा समसामयिक शैक्षिक सवाल तथा सामुदायिक बिधालयको शिक्षाको गुणस्तर बृद्धि सम्बन्धमा मा.वि स्तरिय बिधार्थीहरुसँग अन्तरक्रिया गरेको हो ।

सिद्धलेक गाउँपालिकाको प्रतिबद्धता,सामुदायिक बिधालयको गुणस्तरमा सुनिश्चतता भन्ने मूल नाराको साथ सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बृद्धि गर्नका लागि बिधार्थीहरुका बीचमा अन्तरक्रिया गरिएको शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ । अन्तरक्रिया कार्यक्रममा गाउँपालिका भित्र रहेका १३ वटा माध्यमिक विद्यालयका ३/३ जना बिधार्थी र १ शिक्षक प्रतिनिधिको सहभागिता रहेको सिद्धलेक गाउँपालिकाका शैक्षिक सहजकर्ता वलराम अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा सहभागि बिधार्थीहरुले बिधालयको कक्षाकोठा व्यवस्थापन,पठनपाठन, बिधालयमा आवश्यक पूर्वाधारहरु खानेपानी,शौचालय, शिक्षक दरबन्दि,पुस्ताकालयको व्यवस्थापन,शिक्षक बिधार्थीमा चाहिने अनुशाशन लगाएतका विषयमा जिज्ञाशा तथा गुनासो राखेका थिए । गाउँपालिकाका शैक्षिक सहजकर्ता वलराम अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा उठेका जिज्ञाशा तथा गुनासोहरुको गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल, गाउँपालिकाका उपाध्यक्ष कमला शर्मा(अधिकारी) लगाएतका व्यक्तिहरुले प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कदै गइरहेको जनगुनासोहरु बढ्न थालेको भन्दै शिक्षाको गुणस्तर बृद्धिका लागि शिक्षक,बिधार्थीहरुको सक्रियता आवश्यक रहेको बताउनुभयो ।यस्तै कार्यक्रममा आफ्नो भनाई राख्दै गाउँपालिकाका उपाध्यक्ष कमला शर्मा(अधिकारी)ले राज्यले शिक्षा क्षेत्रमा ठूलो लगानी गरेपनि शैक्षिक गुणस्तरमा बृद्धि हुन नसकेको भन्दै शिक्षा क्षेत्रको गुणस्तर बृद्धिका लागि गाउँपालिकाले देखिने गरी लगानी गर्ने बताउनुभयो ।

सिद्धलेक गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख भुवन कुमार केसिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालको प्रमुख आतिथ्य रहेको थियो ।कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमला शर्मा(अधिकारी),वडाध्यक्षहरु,गाउँपालिका कर्मचारारी लगाएतको आतिथ्य रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |