वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ,७ असोज । धादिङको नेत्रावती डबजोङ गाउँपालिकाले बाढीमा ज्यान गुमाएका वडा नं १ साप्टारीका तीन युवाका परिवारलाई प्रतिपरिवार रु एक लाख एक हजार एक सय ११ आर्थिक सहयोग गरेको छ ।
गत भदौ १० गते आएको बाढीमा परी ज्यान गुमाएका कपिल सिम्खडा, अनिल राना मगर र सचिम अधिकारीका परिवारलाई सहयोग उपलब्ध गराइएको गाउँपालिकाका उपाध्यक्ष सीता माया चोदेनले जानकारी दिनुभयो ।
उहाँका अनुसार दिवङ्गतहरूको १३औँ पुण्यतिथिका अवसरमा जनप्रतिनिधिसहितको टोलीले घरमै पुगेर परिवारजनलाई सहयोग रकमको चेक हस्तान्तरण गरेको हो ।
उपाध्यक्ष चोदेनले सामाजिक सञ्जालमार्फत विपत्तिले धेरै परिवारलाई पीडा दिएको उल्लेख गर्दै दिवङ्गतप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । नेत्रावती डवजोङ गाउँपालिकाले बाढिमा परि अभिभावक गुमाएका बालबालिकालाई कक्षा १२ सम्म बार्षिक ५० हजार शैक्षिक खर्च उपलब्ध गराउने निर्णय भएको समेत उपाध्यक्ष चोदनले बताउनुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका प्रवक्ता एवं वडा नं १ का वडाध्यक्ष ठाकुर गुरुङलगायत जनप्रतिनिधि र स्थानीयवासीको सहभागिता थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |