नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
धादिङ,२१ पुष ।
शितल छहारी नेपाल धादिङले स्वावलम्वि बहिरा आधारभुत विद्यालयका विद्यार्थीहरुलाई जुत्ता वितरण गरेको छ । नीलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको स्वावलम्वि आधारभुत बहिरा विद्यालयको विद्यार्थिहरुका ३९ थान जुत्ता तथा मोजा वितरण गरिएको हो ।
विद्यालका विद्यार्थीहरुलाई जाडोबाट सुरक्षित राख्न र सहजताको लागि जुत्ता वितरण गरिएको शितल छहारी नेपालका अध्यक्ष कृष्ण बद्री पौडेलले वताउनु भयो ।
विद्यालयमा भएको जुत्ता वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै विद्यालयका प्रधानाध्यापक राम प्रसाद रिजालले शितल छहारी नेपालले विद्यालयलाई ठुलो सहयोग गर्दै आइरहेकोले अभिभावकको रुपमा हेरेको बताउनुभयो ।
त्यसैगरी जिल्ला समन्वय समिति धादिङका सदस्य राम प्रसाद रिजालले विद्यालयका वालवालिकाहरुलाई जाडोमा कफि बितरण गर्नलाई नगद रकम समेत हस्तान्त्रण गर्नुभएको थियो ।
जिल्ला समन्वय समिति धादिङका सदस्य राम प्रसाद रिजालको प्रमुख आतिथ्यतामा भएको जुत्ता वितरण कार्यक्रममा नेपाल मानव अधिकार संगठन धादिङका सभापति कृष्णराज अधिकारी, वडा सदस्य विमला वराईली, शितल छहारी नेपालका सल्लाहकार वालकृष्ण नेपाली, शितल छहारी नेपालका उपाध्यक्ष बिक्रम पौडेल, पत्रकार ईश्वर थापा मगर लगायतको उपस्थिति रहेको थियो ।










निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |