नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
धादिङ, १० असोज ।
नीलकण्ठ नगरपालिका वडा नं ८ ले किसानहरुले उत्पादन गरेका कृषि तथा पशु उपजहरुको संकलन, प्रशोधन तथा बजारीकरणकको व्यवस्थापन गर्ने अध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताउनुभएको छ । बुधबार एक कार्यक्रमका बिच वडा स्तरिय कृषि उपज संकलन, प्रशोधन तथा बजारीकरण गर्नको लागि समिति समेत गठन गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
वडा अध्यक्ष श्रेष्ठका अनुसार कृषि ब्यवसायी बिष्णुहरि लम्सालको अध्यक्षतामा १३ सदस्यीय वडा स्तरिय समिति गठन गरिएको छ ।
गठित समितिले खाद्यन्न, तरकारी, पशु तथा फलफुल जन्य उत्पादनको स्वचालित मूल्य प्रणाली अनुसार मूल्य निर्धारण गरि सबै कृषि उपजको बिक्री वितरणको ब्यवस्थापन गर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ ।
वडाले उत्पादनको आधारमा अनुदान, कृषि उपज ढुवानिको लागि आवश्यक कृषि एम्बुलेन्स, तथ्यांक र दैनिक कार्य सन्चालन व्यवस्थापनका लागि अन्लाईन सफ्टवेयर, कृषि संकलन केन्द्र र मुख्य संकलन केन्द्रको लागि आवस्यक सामग्रीहरु उपलब्ध गराउने अध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताउनुभयो ।




निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |