नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
धादिङ,०६ असोज
१८ औँ विश्व रेविज दिवसको अवसरमा सप्ताहव्यापी रेविज रोग विरुद्ध निशुल्क खोप अभियान सुरु भएको छ । जिल्ला पशु सेवा कार्यलय धादिङको आयोजना र नीलकण्ठ नगरपालिकाको पशु सेवा शाखाको प्राविधिक सहयोगमा सप्ताहव्यापी अभिायन सुरु भएको हो ।
अवरोध हटाऔँ, रेविज उन्मुलन गरौँ भन्ने मुल नाराका साथ सदरमुकाम धादिङबेशी स्थित पुछारबजारबाट अभयान सुरु गरिएको हो ।
सप्ताहव्यापी अभिायनको आज पहिलो दिन बजार क्षेत्रमा रहेका ५३ वटा सामुदायिक कुकुरमा एन्टिरेविज खोप लगाइएको नीलकण्ठ नगरपालिकाका पशु नीलकण्ठ नगरपालिकाका पशु सेवा प्राविधिक सुवास खतिवडाले जानकारी दिनुभयो ।
आजदेखी सुरु भएको सप्ताहव्यापी अभियान असोज १२ गतेसम्म संचालन हुने हुँदा घर पालुवा/सामुदायिक कुकुर तथा बिरालोहरुलाई निशुल्क रेविज रोग विरुद्ध खोप लगाइने भएकोले पशु सेवा कार्यलय तथा नीलकण्ठ नगरपालिका पशु शाखामा आएर खोप लगाउन अनुरोध गरिएको छ ।
सन २०३० सम्ममा कुकुरको टोकाइबाट हुने मृत्युको अन्त्य गर्ने लक्ष्य रहेको हुँदा प्रत्यक बर्ष अभियानको रुपमा खोप कार्यक्रम संचालन हुँदै आएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |