Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ९, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार

लाखे जात्राको सम्पुर्ण तयारी पुरा, बिचबजार चोकस्थित गणेश मन्दिरबाट शुभारम्भ गरिने

नीलकण्ठ एफ.एम ३८९० पटक पढिएको प्रकाशित मिति: २०८१ भाद्र २, आईतबार (१ साल अघि)
लाखे जात्राको सम्पुर्ण तयारी पुरा, बिचबजार चोकस्थित गणेश मन्दिरबाट शुभारम्भ गरिने

धादिङ,०२ भाद्र ।
धादिङबेशीमा भोली देखि नेवार समुदायको प्रमुख चाड लाखे जात्रा सुरु हुँदैछ । झिंगु नेवाः समाज धादिङको आयोजनामा जनै पुर्णिमाको दिन अर्थात् भोलिदेखी धादिङबेसीमा लाखे जात्रा सुरु हुने समाजका अध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो ।

आईतबार पत्रकार सम्मेलन गरी भोलि विहान ७ः३० बजे धादिङबेसी बिचबजार चोक स्थित गणेश मन्दिरबाट जात्राको शुभारम्भ गर्न सबै तयारी पुरा भएको श्रेष्ठले जानकारी दिनुभयो ।

विगतमा लाखेजात्रा पञ्चेबाजा बजाई लगाउदैं आएको भएता पनि संस्कृती, परम्परा, पहिचानलाई मध्ये नजर गर्दै धादिङबेसी बजारमा नेवार समुदायको आफ्नै बाजा बजाई परम्परागत शैलीमा लाखे जात्राको सुरुवात गरिन श्रेष्ठले बताउनुभयो ।

जात्रा धादिङबेसी बिचबजार क्याम्पस चोक देखि नीलकण्ठ नगरपालिका ८ साघुटार पुल्चोक सम्म, मुल सडक र भित्री सडकहरुसम्म परिक्रमा गरिनेछ ।

झिंगु नेवाः समाज धादिङका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार भाद्र ४ गते गाइजात्राको अवसरमा विहान ७ः३० बजे यस वर्ष मृत्यु हुनुभएका ६ जना नेवार समुदायका मृतकको फोटो सहित गाई निकालिनेछ भने दिउसो २ः०० बजे देखि मृतक परिवारको घरसम्म लाखे सहित गाई जात्रा परिक्रमा गरिनेछ।

त्यसैगरी भाद्र ५ गते हिले जात्राको दिन दिउसो २ः०० बजे देखि धादिङ बेसी बिचबजार क्याम्पस चोक देखि साघुटार पुल्चोकसम्म खेत रोपाइको अभिनय गर्दै लाखे सहित परिक्रम गरिने, भाद्र ११ गतेदिउसो २ः०० बजे देखि सुगमटोल स्थित श्री राधाकृष्ण मन्दिरबाट भगवान श्री कृष्णको रथ यात्रा निकाली लाखे सहित बजार परिक्रमा गरिनेछ ।

भाद्र २१ गते हरितालिका तिजको अवसरमा धादिङ बेसी बिच बजार चोकमा लाखे नाँच नचाइने र भाद्र २२ गते विहान ७ः३० बजे बिचबजार चोक स्थित गणेश मन्दिर अगाडी लाखे जात्रा विधिवत रुपमा यो वर्षको लागि समापन गरिने श्रेष्ठले बताउनुभयो ।

नेवार समुदायको विशेष जात्राको रुपमा लाखे जात्रा जिल्लाको प्रमुख बजारहरु तथा निलकण्ठ नगरपालिकाको वडा नं. ३ को शितलबजार बजार लाखे समुह र धादिङ बेसी लाखे समुह, वडा नं. ५ को फ्याक्से, वडा नं. ६ को सुनौलाबजार, वडा नं. ११ को ज्यामरुङ दरबार र सिम्ले बजार, वडा नंं. १४ को भंगेरीस्थान र अम्बोटेमा हुने भएकोले हरेक जात्रा दिन दिनको २ः०० बजे देखि राति ९ः०० बजेसम्म सञ्चालन हुने हुदाँ स्थानिय प्रशासन, नगरपालिका, तथा सम्पूर्ण धादिङबासी जनसमुदायहरुलाई सहयोग र सहभागितको लागि झिंगु नेवाः समाज, धादिङले अनुरोध गरेको छ ।

स्थानिय नेवार समुदायहरुद्वारा जिल्लाको प्रमुख बजारहरुमा लाखे जात्रा लगाउदै आएकोमा २०६२ सालमा नेवार समुदायको आधिकारीक जिल्ला स्तरीय संस्था भिंmगु नेवाः समाज, धादिङ स्थापना भएपछि सोहि संस्थाको पहलमा विभिन्न स्थानहरुमा सञ्चालन हुदैं आएको छ ।

लाखे जात्रा नेवार समुदायको आफ्नो मौलिक जात्रा हो । राजा गुणकाम देवको पाला देखि लाखे जात्रा सुरु गरिएको भएता पनि राजा प्रताप मल्लको पाला देखि राक्षसको स्वरुपमा मुकुट लगाई कालिकाको वस्त्र धारण गरि लाखे नाँँच नाच्ने गरिएको पाइन्छ ।

काठमाण्डौं उपत्यकाबाट सुरु भएको यो जात्रा नेपाल अधिराज्यभर नेवार वस्तीहरुमा हुने गरेको छ । विभिन्न पर्वहरुमा मात्र नभएर मेला महोत्सवहरुमा समेत आफ्नो जातिय पहिचान झल्कने भेष भुषा सहित सहभागी हुने गरेको छ ।

विशेष गरि लाखे नाँच हरेक वर्ष रक्षावन्धनको दिन देखि सुरु भई गाइजात्रा, रोपाई जात्रा, श्री कृष्ण रथ यात्रा सकेर तिज पर्वको भोलिपल्ट चतुर्थी (चौथी) को दिनमा भगवान श्री कृष्णको भेषमा सजिएका काल्पनिक कृष्णद्वारा लाखेलाई खड्गले शिर छेदन गरेर मार्ने गरिन्छ । लाखे मारे पछि यस वर्षको जात्रा समापन भएको मानिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

  • समाचार
    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0