धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
धादिङबेशी । धादिङ जिल्लाको सदरमुकाम धादिङबेशीको फोहोर व्यवस्थापन गरी नीलकण्ठ नगरपालिकाले कम्पोष्ट मल उत्पादन सुरु गरेको छ । युएसएआइडी तयार नेपालको सहयोग र ब्लु वेष्ट टु भ्यालु कम्पनीको सहजीकरणमा मल उत्पादन गर्न सुरु भएको हो ।
नीलकण्ठ नगरपालिका–८ ससाह ज्यामिरेमा सुरु गरिएको मल उत्पादन केन्द्रबाट अहिले मल उत्पादन सुरु भएको छ । युएसएआइडी तयार नेपालको सहयोगमा स्थापना गरिएको मल उत्पादन केन्द्र बुधबार एक कार्यक्रमका विच नीलकण्ठ नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
नीलकण्ठ कम्पोस्ट मल नामाकरण गरिएको उक्त मल उत्पादन केन्द्रबाट १५ दिनमा चार सय किलो मल उत्पादन गर्न सक्ने क्षमता रहेको छ । नकुहिने फोहोरबाट विभिन्न सामाग्रीहरु बनाउन हाल २२ जनालाइ तालिम प्रदान गरिएको छ ।
बजार क्षेत्रबाट निस्कने कुहिने फोहोरबाट मल उत्पादन गरिने र निश्चित मापदण्ड बनाएर विक्रि वितरण गरि आम्दानीको श्रोत बढाउने लक्ष्य रहेको नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले बताउनु भएको छ । उहाँले अव वर्षौदेखिको फोहोर व्यवस्थापनको समस्या समाधान हुने दावी गर्नु भएको छ ।
हाल उत्पादन गरिएको कम्पोष्ट मल परिक्षणका लागि ल्याव पठाइएको छ । परिक्षणपछि निर्धारण भएको बजार दररेटमा बिशेष छुटगरी नगरपालिकाबासीलाई मल विक्रि गरिने तयारी गरिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |