नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
धादिङ, १५ साउन ।
नीलकण्ठ बहुमुखी क्याम्पसले साउन १५ खिर खाने दिनलाई भव्यताका साथ मनाएको छ । मंगलबार स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा एक कार्यक्रम गरी शुभकामना आदान प्रदानका साथै खिर खाएर मनाएको हो ।
परम्परा र संस्कृतिलाई जोगाउने उद्धेश्यले खिर खाने कार्यक्रमको आयोजना गरिएको अध्यक्ष कविराज श्रेष्ठले बताउनुभयो । स्ववियुका अध्यक्ष कविराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्ववियुका पूर्व अध्यक्ष तथा नीलकण्ठ नगरपालिका वडा नं १० का वडा अध्यक्ष सरोज पाण्डेको प्रमुख आतिथ्य तथा क्याम्पस प्रमुख नवराज शर्माको विषेश आतिथ्यता रहेको थियो । कार्यक्रममा क्याम्पसका सम्पुर्ण विद्यार्थी तथा प्राध्यापकहरुको सहभागिता रहेको थियो ।
वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ ।






निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |