नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
धादिङ,१३ साउन ।
नीलकण्ठ नगरपालिका वडा नं–२ स्थित अन्नपुर्ण आधारभुत विद्यालयका जना बालबालिकालाई सहयोग गरिएको छ । बुबाको मृत्यु, आमा विदेश गएपछि खान लाउन समस्यामा परेका ३ बालबालिका सहित गरिबीका कारण कष्टकर जीवन विताईरहेका ७ बालबालिकालाई कपडा जुत्ता, स्टेसनरी र खाद्यान्न उपलब्ध सहयोग गरिएको हो ।
मानवी क्रियटिभ एशोसिएसनका अध्यक्ष बद्री प्रसाद ढुंगाना र सचिव जयन्ती अधिकारीले १५ हजार बराबरको कपडा, जुत्ता सहयोग गर्नुभएको हो। ढुंगाना हाल बैदेसिक रोजगारको सिलसिलामा जापानमा हुनुहुन्छ । त्यसैगरी अधिकारकर्मी हाल इजरायलमा कार्यरत राजन दुवाडीले स्टेस्नरी सामान, नीलकण्ठ–८ का प्रदिप सुवेदीले खाद्यन्न सामाग्री र त्रिपुरा पुस्तक पसलका नारायण कुमार श्रेष्ठले ट्रयाकसुट सेट सहयोग गर्नुभएको हो ।
आईतवार विद्यालयमा एक कार्यक्रमका बिच सामाग्री वितरण गरिएको थियो। विद्यालय व्यवस्थापन समिति अध्यक्ष कोपिला कोइराला, प्रधानाध्यापमक उर्मिला तिमल्सिना, पत्रकार सिताराम अधिकारी र आकाश लम्सालले उक्त सामाग्री वितरण गर्नुभएको हो ।
बाबुको मृत्यु भएको र आमा विदेश गएका पार्वती, रामशरण र राजेन्द्र मिजारले लगाउने कपडा र खानेकुरा नभएपछि कष्टकर जीवन विताउदै आएका छन् । रबिन सुनार, इन्दीरा मिजार, सन्जीता मिजार र अनुस्का सुनारको अवस्था अत्यन्त दयनीय भएको समाचार इन्सेक अनलाइन, नेपाल समाचार पत्रको न्युजअफ नेपाल डटकम, कन्दरा समाचार डटकममा प्रकाशित र नीलकण्ठ एफएममा नीलकण्ठ एफएममा प्रशारित समाचारको प्रभावबाट दाताहरुले सहयोग उपलब्ध गराउनुभएको हो।
सहयोगि ढुंगानाले मानवी क्रियटिभ एसोसियसनले आगामी समयमा स्टेसनरी कपडा उपलब्ध गराउने बताउनुभएको छ ।
अन्नपुर्ण आधारभुत विद्यालयमा ६६ जना विद्यार्थी अध्ययनरत रहेकोमा ५० जना दलित बालबालिका रहेको प्रधानाध्यापक तिमल्सिनाले बताउनुभयो । ती बालबालिकाहरु गरिबिको रेखामुनी रहेको उहाँको भनाइ छ ।
बालबालिकाको अवस्थाको बारेमा समाचार पढेपछि नीलकण्ठ नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले विद्यालय पोशाक र जुत्ता र निजी विद्यालय संचालक विनोदमान श्रेष्ठले झोला, सरसफाई सामाग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |