धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
अबदेखि कक्षा १० का विद्यार्थी एक विद्यालयबाट अर्काे विद्यालयमा स्थानान्तरण हुन पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा नियमावली, २०५९को नवौ संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । कक्षा १० का विद्यार्थीलाई स्थानान्तरणको व्यवस्था, शैक्षिक सत्र परिवर्तन लगायतका व्यवस्था सहित शिक्षा ऐन, २०२८ को दफा १९ ले दिएको अधिकार प्रयोग गरी सरकारले शिक्षा नियमावली संशोधन गरेको हो।
नवौँ संसोधनले मूल नियमावलीको नियम २, नियम ४७ क, नियम ५३, नियम ५७, नियम ८०, नियम ८४, नियम १३८, र नियम १८२ लाई संशोधन गरेको छ । संसोधित नियमावलीमा ‘महामारी वा यस्तै अन्य विपद्का कारण पठन पाठन अवरुद्ध भई विद्यालयबाट स्थानान्तरण हुनु परेको विद्यार्थीले स्थानान्तरण भई आउन चाहेको स्थानको विद्यालयमा सो व्यहोरा खोली निवेदन दिएमा सम्बन्धित विद्यालयले त्यस्तो विद्यार्थीलाई स्थानान्तरण गर्नु पर्ने र सोको जानकारी इकाइलाई दिनु पर्ने’ उल्लेख गरिएको छ ।
यसका साथै त्यस्तै मूल नियमावलीको नियम ८४ मा संशोधन गर्दै ‘महामारी वा यस्तै अन्य विपद् वा विकट हिमाली क्षेत्रका कारण शैक्षिक सत्र परिवर्तन गर्नु पर्ने अवस्था भएमा मन्त्रालयले शैक्षिक सत्र परिवर्तन गर्न सक्ने’ पनि व्यवस्था गरिएको छ ।
हेर्नुस्ः शिक्षा (नवौं संशोधन) नियमावली, २०७७






निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |