प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,१२ बैशाख
एमालेले देश व्यापी रुपमा सञ्चालन गरेको मिसान ग्रासरुट अभियान कार्याक्रम धादिङ जिल्लाको १३ वटै स्थानिय तहमा सम्पन्न भएको छ।प्रेस चौतारी नेपाल जिल्लाकार्य समिति धादिङले मगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष भुमी त्रिपाठीले जिल्लाको १३ वटै पालिका र १ सय ४ वटा वडामा मिसन ग्रासरुट अभियान सकिएको बताउनुभयो ।
पत्रकार भेटघाट कार्याक्रमलाई सम्बोधन गर्नुहुदै नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले चितवन, तनहुँ र बाराको उपनिर्वाचनबाट नेकपा एमाले आउनु र नआउनुमा तात्विक अर्थ नरहेको बताउनु भयो । चार वर्ष पछि हुने चुनावकोे तयारी स्वरुप पनि एमालेले मिसन ग्रासउट अभियान चलाइरहेको रिमालले बताउनु भयो।
मिसन ग्रासरुट अभियान मार्फत एमालेले देश भरीको सूचना संकलन गरिरहेको बताउँदै रिमालले कार्यकर्ताको भावना र एमालेप्रति जनताको दृष्टीकोण मुल्याङ्कन गरिरहेको समेत उहाँले जानकारी दिनु भएको हो। बजेट कसरी ल्याउने राजस्व संकलन कसरी गर्ने भने कुरामा अहिलेको अर्थमन्त्रालय तथा नेपाल सरकार बेखवर बनेको रिमालको भनाई छ ।प्रेस चौतारी नेपाल जिल्लाकार्य समिति धादिङको अध्यक्ष राजन सिलवालको अध्यक्षतामा सम्पन्न भएको कार्याक्रममा नेकपा एमालेका उपमहासचिव विष्णु रिमालको प्रमुख आतिथ्यता रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |