नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक ५, बुधबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
  • देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
  • नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
मुख्य समाचार
ताजा समाचार

धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

  • २०८३ अषाढ ३, बुधबार
  • ४ महिना अघि
  • ५ मिनेट पढाइ
  • १७१०९ पटक पढिएको
धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

धादिङबेशी, ३ असार । नीलकण्ठ नगरपालिका, हेफर इन्टरनेसनल नेपाल र एक्सन नेपालको सहकार्यमा सञ्चालित कृषि तथा पशु मूल्य शृङ्खलामा नवीनता परियोजना अन्तर्गत उत्कृष्ट कृषक छनोट तथा सम्मान कार्यक्रम मंगलबार धादिङबेसीमा सम्पन्न भएको छ । कार्यक्रममा रोशिका गुरुङ, रामकुमार श्रेष्ठ र बुद्धिप्रसाद बुर्लाकोटी उत्कृष्ट तीन कृषकका रूपमा छनोट भई सम्मानित हुुनुभएको छ ।

कार्यक्रममा २५ जना कृषि उद्यमीमध्येबाट प्रारम्भिक चरणमा १० जना कृषक छनोट गरी उनीहरूका कृषि व्यवसायसम्बन्धी अनुभव, संघर्ष र सफलताका कथाको प्रस्तुतीकरण गराइएको थियो । उक्त प्रस्तुतीकरणको मूल्याङ्कनका आधारमा उत्कृष्ट तीन कृषक छनोट गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा रोशिका गुरुङ प्रथम, रामकुमार श्रेष्ठ द्वितीय तथा बुद्धिप्रसाद बुर्लाकोटी तृतीय हुनुभएको हो । चौथो स्थान विमला कोइरालाले हासिल गर्नु भएको थियो ।

उत्कृष्ट तीन कृषकलाई जनही ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो भने चौथो स्थान प्राप्त कृषक विमला कोइरालालाई ग्लोबल आईएमई बैंकको तर्फबाट १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
एक्सन नेपालका अध्यक्ष कमला कुमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो । कार्यक्रममा नगर उपप्रमुख दीपक विश्वकर्मा, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल, हेफर इन्टरनेसनल नेपालका कृषि बजार विकास प्रमुख डा. राजकुमार अधिकारी, विभिन्न वडाका अध्यक्ष तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं नगर प्रमुख ढुंगानाले कृषकहरूलाई आवश्यक पर्ने ऋण तथा वित्तीय पहुँचका लागि नगरपालिका सहयोगी बन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कृषि क्षेत्रलाई व्यवसायिक र आत्मनिर्भर बनाउन स्थानीय तहले आवश्यक सहजीकरण गरिरहेको उल्लेख गर्नुभयो । हेफर इन्टरनेसनल नेपालका कृषि बजार विकास प्रमुख डा. अधिकारीले स्थानीय तहसँगको सहकार्यमा किसान लक्षित थप कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

नीलकण्ठ नगरपालिका–८ का वडा अध्यक्ष प्रकाशकुमार श्रेष्ठले कृषकहरूलाई उत्पादनलाई स्थानीय बजारमा मात्र सीमित नराखी राष्ट्रिय बजारसम्म विस्तार गर्न आग्रह गर्नुभयो । कार्यक्रममा सम्मानित कृषक रोशिका गुरुङले सम्मानले आफूलाई थप हौसला र आत्मविश्वास प्रदान गरेको बताउँदै प्राप्त पुरस्कार रकम कृषि व्यवसायमै लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँले अन्य युवालाई समेत कृषि क्षेत्रमा आकर्षित हुन आग्रह गर्नुभयो ।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष कमला कुमालले सम्मानित कृषकहरूलाई बधाई दिँदै कृषि उद्यम विकासका लागि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धित थप
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म मनोरन्जन

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

४ दिन अघि
बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज मुख्य समाचार

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

४ दिन अघि
कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश समाचार

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

४ दिन अघि
लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट मुख्य समाचार

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

५ दिन अघि
गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित मुख्य समाचार

गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित

५ दिन अघि
नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल मुख्य समाचार

नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल

६ दिन अघि
नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम मुख्य समाचार

नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम

१ हफ्ता अघि
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम मुख्य समाचार

स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम

१ हफ्ता अघि
गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग मुख्य समाचार

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग

१ हफ्ता अघि
पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना मुख्य समाचार

पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना

१ हफ्ता अघि
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै मुख्य समाचार

विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै

१ हफ्ता अघि
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै मुख्य समाचार

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

१ हफ्ता अघि
समाचार
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0