धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
धादिङ,१२ असार
धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम शुक्रबारबाट सुरु भएको छ। गाउँपालिकाको आयोजना तथा प्रत्युष नेटवर्क प्रालिको समन्वयमा वडा नम्बर १ को मार्पाकमा शुक्रबारदेखि तालिम सञ्चालन भएको हो।
स्वयंसेवक तथा सरोकारवालाको विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य र समन्वय क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ। तालिममा वडा नम्बर १ र २ का ४७ जना लक्षित वर्गका सहभागी रहेका छन्।
तालिममा विपद् व्यवस्थापनको अवधारणा, स्थानीय तहको भूमिका, जोखिम पहिचान तथा नक्साङ्कन, समुदायस्तरको पूर्वतयारी, खोज तथा उद्धार, प्राथमिक उपचार, सुरक्षित उद्धार, बाढी, पहिरो, आगलागी, भूकम्प तथा अन्य विपद्का समयमा अपनाउनुपर्ने सावधानी, राहत व्यवस्थापन, मनोसामाजिक सहयोग तथा वडा र पालिकास्तरको विपद् कार्ययोजना निर्माणलगायत विषयमा सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण प्रदान गरिनेछ।

तालिममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गुल्म हेडक्वार्टरका सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्का, नेपाल रेडक्रस सोसाइटीका प्राथमिक उपचारका राष्ट्रिय प्रशिक्षक दीपेश कुमार काक्री तथा कृष्णप्रसाद अधिकारीलगायतले सहजीकरण गरिरहनुभएको छ।
तालिमको उद्घाटन गर्दै गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष ठाकुर गुरुङले नेत्रावती डबजोङ गाउँपालिकाको भौगोलिक संवेदनशीलता र प्राकृतिक विपद्को उच्च जोखिमलाई ध्यानमा राखेर तालिम आयोजना गरिएको बताउनुभयो।उहाँले तालिममा सक्रिय सहभागिता जनाउन सहभागीहरूलाई आग्रह गर्नुभयो।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |