वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ,१३ असार
सिद्धलेक गाउँपालिकाको न्यायिक समितिको आयोजनामा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक सविता अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको प्रमुख आतिथ्यता तथा धादिङ जिल्ला अदालतका न्यायाधीश मनकुमारी जि.एम.वि.क.को विशेष आतिथ्यता थियो । कार्यक्रममा जिल्ला अदालत धादिङका श्रेस्तेदार राजेन्द्र लुइटेल, तहसिलदार केशवराज सुवेदी, प्रमुख प्रशासकीय अधिकृत अनिशा आचार्य, वडा अध्यक्ष,कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष परशुराम खतिवडाले स्थानीय तहमा न्याय सम्पादनलाई थप प्रभावकारी, सहज र जनमुखी बनाउन न्यायिक समिति तथा अदालतबीचको समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले कानुनी सचेतना अभिवृद्धि र विवादको मेलमिलापमार्फत समाधान गर्ने संस्कृतिले सामाजिक सद्भाव कायम राख्न महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिनुभयो ।उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक सविता अर्यालले न्यायिक समितिले नागरिकलाई छिटो, सहज र निष्पक्ष न्याय सेवा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताउँदै यस्ता अन्तरक्रियाले समुदायको कानुनी ज्ञान बढाउनुका साथै न्यायप्रतिको विश्वास अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।कार्यक्रममा स्थानीयस्तरमा देखिएका न्यायिक अभ्यास, चुनौती र समाधानका उपायबारे समेत छलफल गरिएको थियो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।