धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ ११ चैत ।
ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको सम्पदा रानीपोखरी सर्वसाधारणका लागि खुला गरिएको छ।
काठमाडौं महानगरपालिकाले रानीपोखरी बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म सर्वसाधारणका लागि खुला गरेको हो। महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले निःशुल्क रूपमा घुमफिर तथा अवलोकन गर्न रानीपोखरी खुला गरेको जानकारी दिए। शान्तिसुरक्षा तथा सामाजिक वातावरणमा असर नपरेमा ३६५ दिन नै रानीपोखरी खुला हुने उनले बताए।
यसअघि रानीपोखरी तिहारको बेला भाइटीकाको दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्थ्यो।
२०७२ को भूकम्पले क्षति पुगेपछि पुनर्निर्माण गरी रानीपोखरीलाई पुरानै स्वरूप दिइएको थियो। तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७८ पुस ८ मा महानगरलाई रानीपोखरी हस्तान्तरण गरे पनि सर्वसाधारणका लागि खुला गरिएको थिएन।
भूकम्प गएकै वर्ष २०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा रानीपोखरी निर्माणको शिलान्यास गरिएको थियो भने २०७७ कात्तिक ५ गते उद्घाटन गरिएको थियो।
कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले वि.सं.१७२६ मा रानीपोखरी निर्माण गर्न लगाएका थिए।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |