प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,२३ फागुन
गजुरी गाउँपालिका वडा नम्बर ५ स्थित गलौँदी खेलमैदानमा मंगलबारदेखी १२ औँ धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले गर्नु भएको हो । उद्घाटन कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले खेलकुद क्षेत्रको विकास लागि प्रदेश सरकार गम्भीर भएर लागेको बताउनुभएको छ।खेलको माध्यबाट नेपाललाई संसारमा चिनाउन सकिने भन्दै जम्कट्टेलले खेलाडीहरुलाई अनुशाससित ढङ्गले खेल खेल्नको लागि आग्रह गर्नु भएको छ ।
कार्यक्रममा पुर्व मुख्यमन्त्री तथा संघीय सांसद राजेन्द्र प्रसाद पाण्डेले खेल क्षेत्रको विकास गर्नको लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । खेल क्षेत्रलेनै देशलाई चिनाउने भन्दै उहाँले खेलक्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा विषेश अथिति संघीय सांसद रामनाथ अधिकारीले खेलाडीहरुलाई आफ्नो विधामा उत्कृष्ट हुनको लागि आग्रह गर्नुभएको छ।खेलले शारीरीक सँगै मानशिक रुपमा पनि स्वस्थ र सबल बनाउने भन्दै उहाँले खेलाडीहरुलाई खेल क्षेत्रमै लागेर देशको नाम राख्नको लागि आग्रह गर्नुभयो ।
खेल क्षेत्रको विकासको लागि तिनै तहको सरकार लाग्नुपर्ने बताउनुभयो ।धादिङ खेलकुद विकास समितिको आयोजना तथा गजुरी गाउँपालिकाको व्यवस्थापनमा भएको प्रतियोगितामा ४२ स्वर्ण पदका लागि हुने खेलमा भलिबल, कबड्डी, एथलेटिक्स, ज्याभलिन थ्रो, सटपुट, कँराते, तेक्वान्दो लगायतका खेलहरू हुने जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष तामाङले बताउनुभयो ।प्रतियोगितामा पालिकाबाट छनोेट भएर आएका १८ वर्ष सम्मका छात्र/छात्राहरुले भाग लिन पाउने छन् ।जिल्लाबाट छनोट भएकमा खेलाडीहरु प्रदेश छनोट पार गर्दै राष्ट्रिय प्रतियोगिताको लागि खेल्न पाउने छन् ।यसअघिको ११ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता धुनीबेसी नगरपालिकाले जितेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |