धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,१९ फागुन ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ४ पौवामा समुदाय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।सुरक्षित आप्रवासन(सामी)कार्यक्रम अन्तरगत नीलकण्ठ नगरपालिकाको आयोजनामा बैदेशिक रोजगारलाई सुरक्षित,भरपर्दो र लाभदायी बनाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको सामाजिक परिचालन अधिकृत सम्झना भण्डारीले बताउनुभयो।

बैदेशिक रोजगारमा नबुझिजाँदा विभिन्न समस्याहरु पर्ने गरेको कारण बैदेशिक रोजगारमा जानुपुर्व अपनाउनुपर्ने प्रक्रियाको बारेमा छलफल गरीएको हो ।सकेसम्म स्वदेशमै रोजगारी गर्रौँ,यदि विदेशै जाने भए सहि सुचना र सीप सिकेर जाउँ भन्ने उदेश्यले नीलकण्ठ नगरपालिकाले गाउँगाउँमा गएर सुचना प्रवाह गर्दै आईरहको छ।

कार्यक्रममा सामाजिक परिचालन अधिकृत सम्झना भण्डारी र मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाले विभिन्न चित्र मार्फत सूचना तथा परामर्श केन्द्रले गर्ने काम, वैदेशिक रोजगारमा जाँदा सहि सूचना र सीपको महत्व, कागजपत्रको सुरक्षा र त्यसको महत्व, घरेलु कामदारको रुपमा वैदेशिक रोजगारीमा जादा विचार पु¥याउनुपर्ने कुराहरु,पैसा र पासपोर्ट दिदा भरपाई गर्नुपर्ने विषयमा जानकारी गराउनु भएको थियो ।प्रक्रिया नपुर्याई र सिप नसिकी विदेशजाँदा नगरबासीले विदेशमा विभिन्न समस्या झेल्नुपरीरहेको भन्दै नीलकण्ठ नगरपालिकाले गाउँगाउँमा गएर सुरक्षित वैदेशिक रोजगारको विषयमा सचेतना कार्यक्रम सन्चालन गरीरहेकोछ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |