धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,१९ फागुन
ज्वालामुखी गाउँपालिकाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय स्थल जलमूखी मन्दिरमा प्रथम जलमुखी धार्मिक तथा पर्यटन महोत्सव–२०७९ को तयारी अन्तिम चरणमा पुगेको छ । ज्वालामुखी गाउँपालिका वडा नम्बर–६ र निलकण्ठ नगरपालिका वडा नम्बर–९ को आयोजना, ज्वालामुखी गाउँपालिकाको प्रायोजन तथा जलमूखी मन्दिर संरक्षण समितिको व्यवस्थापकमा फागुन २१ देखि २३ गतेसम्म हुने भएको हो ।
प्रथम जलमुखी धार्मिक तथा पर्यटन महोत्सवको उद्घघाटन मुख्यमन्त्री शालिकराम जमरकट्टेलले गर्ने कार्यक्रम रहेको छ । मेलाको दोस्रो दिन संघीय सांसद रामनाथ अधिकारि उपस्थितमा कार्यक्रम सन्चालन हुने वडा नम्बर–६ का वडाध्यक्ष एवं आयोजक समितिका संयोजक किशोर सेडाईले बताउनुभयो।महोत्सवमा फागुन २१ गते पशुपति शर्मा, रीता थापा मगर, टिका सानु, २२ गते इन्द्रेनी टिम, बबिता बाँनिया जेरी, रितु तामाङ, सुरेश सुन्दास, दिप खड्का र २३ गते रबीन लामिछाने, अस्मिता डल्लाकोटी लगायत राष्ट्रिय तथा स्थानीय कलाहरुको बेजोड प्रस्तुती हुने आयोजकले जनाएको छ ।
महोत्सव उद्घघाटनको दिन ४ देखि ५ हजार मानिसहरूको उपस्थिति रहनेछ भने दोस्रो दिन १० हजार मानिस उपस्थित हुने आंकलन गरिएको वडा नम्बर–६ का वडाध्यक्ष एवम् आयोजक समितिका संयोजक किशोर सेडाइको भनाई छ ।ऐतिहासिक,धार्मिक, एवम् सांस्कृतिक महत्त्व रहेको यस मन्दिर ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ र नीलकण्ठ नगरपालिका वडा नम्बर ९ को सिमानामा अवस्थित रहेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |