Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ श्रावण १३, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्णनेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्ण
  • नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना सम्मानितनीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना सम्मानित
  • नेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री देउवा आज धादिङ आउदैनेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री देउवा आज धादिङ आउदै
  • चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मानचिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान
  • नेत्रावती डबजोङ गाउँपालिकाको शिक्षामा गौरवमय सफलताः एसईई रिजल्टमा जिल्लाकै प्रथम हुन सफलनेत्रावती डबजोङ गाउँपालिकाको शिक्षामा गौरवमय सफलताः एसईई रिजल्टमा जिल्लाकै प्रथम हुन सफल
  • ज्वालामुखी गाउँपालिकाद्वारा ५८ जना कृषकहरुलाई मिनि टिलर वितरणज्वालामुखी गाउँपालिकाद्वारा ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

सबै नेपाली दूतावासमा ‘श्रमिक हेल्प डेस्क’ राखिने

१९४ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ २९, आईतबार (२ साल अघि)
Post Thumbnail

सरकारले विदेशस्थित विभिन्न मुलुकमा रहेका नेपाली दूतावासमा श्रमिकका लागि हेल्पडेस्क राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र पहलपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दूतावासहरूमा हेल्प डेस्क राख्ने निर्णय गरेको हो ।

यही माघ पहिलो साता प्रधानमन्त्रीले श्रम सचिव सहित मन्त्रालयका अधिकारीलाई बोलाएर वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपालीले अनेकौँ झमेला र सास्ती भोग्नु परेकाले त्यस्तो समस्या सम्बोधनका लागि डेस्क राख्न निर्देशन दिनुभएकामा मन्त्रालयले गृहकार्य गरेको थियो ।

गृहकार्य पूरा गरेपश्चात् मन्त्रालयले विदेशस्थित विभिन्न मुलुकमा कार्यरत श्रमिक एवं कामदारको समस्या सम्बोधन गर्न छुट्टै ‘फोकल डेस्क’ राख्ने निर्णय गरेको हो । मन्त्रालयको निर्णय जानकारी गराउँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्यालले भन्नुभयो, “विदेशमा रहेका नेपाली कामदारका समस्याबारे प्रधानमन्त्रीले चासो दिँदै ‘हेल्प डेस्क’ राख्न भन्नुभएको थियो । निर्देशनपछि हामीले गृहकार्य गरेर यो निर्णयमा पुगेका हौँ ।

सरकारको यो निर्णयले विदेशमा रहेका सम्पूर्ण श्रमिकको पेशागत हकहित, सुरक्षा र प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिएका छौँ । यस निर्णयलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्नेछौँ ।” विदेशस्थित विभिन्न मुलुकमा कार्यरत श्रमिक एवं कामदारको समस्या सम्बोधन गर्न छुट्टै ‘फोकल डेस्क’को व्यवस्था सम्बन्धी माघ २५ गतेको निर्णयमा भनिएको छ, “विभिन्न मुलुकमा कार्यरत नेपाली श्रमिकका समस्यालाई तत्काल सम्बोधन गर्न तथा समस्या समाधानमा थप सहजीकरण गर्नका लागि विदेश स्थित सबै नेपाली नियोगमा श्रमिकहरूका सबै प्रकारका समस्या सम्बोधन, सहजीकरण एवं मन्त्रालयमा प्रतिवेदन गर्न सबै नियोगमा श्रम डेस्क लेबर डेस्क स्थापना गरिनेछ ।”

यस्तै सो निर्णयमा अगाडि भनिएको छ यही माघ २५ गते प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीस्तरीय निर्णय भएको छ । त्यसैगरी परराष्ट्र मन्त्रालयमा समेत श्रमिकका समस्या समाधानार्थ समन्वय गर्न छुट्टै ‘डेडिकेटेड फोकल प्वाइन्ट’ तोकी कार्यारम्भ गर्ने निर्णय भएको छ । यसबाट विदेश स्थित विभिन्न मुलुकमा कार्यरत श्रमिकका समस्या तत्काल सम्बोधन हुने अपेक्षा गरिएको छ ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धुनिवेशीको कुमाईखोलामा ट्याक्सी दुर्घटना, ६ जना घाइते

    धुनिवेशीको कुमाईखोलामा ट्याक्सी दुर्घटना, ६ जना घाइते

  • Post Thumbnail

    वर्षाका कारण देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

  • वाइसीएल धादिङको जिल्ला प्रशासनलाई ज्ञापनपत्र : कृषि मलको अभाव तत्काल समाधान गर्न माग

    वाइसीएल धादिङको जिल्ला प्रशासनलाई ज्ञापनपत्र : कृषि मलको अभाव तत्काल समाधान गर्न माग

  • रोटरी क्लब अफ धादिङद्धारा देउराली  मा.विमा वृक्षरोपण 

    रोटरी क्लब अफ धादिङद्धारा देउराली  मा.विमा वृक्षरोपण 

  • समाचार
    धुनिवेशीको कुमाईखोलामा ट्याक्सी दुर्घटना, ६ जना घाइते

    धुनिवेशीको कुमाईखोलामा ट्याक्सी दुर्घटना, ६ जना घाइते

    Post Thumbnail

    वर्षाका कारण देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    वाइसीएल धादिङको जिल्ला प्रशासनलाई ज्ञापनपत्र : कृषि मलको अभाव तत्काल समाधान गर्न माग

    वाइसीएल धादिङको जिल्ला प्रशासनलाई ज्ञापनपत्र : कृषि मलको अभाव तत्काल समाधान गर्न माग

    भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!

    भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0