धादिङ ,२६ माघ ।
धादिङबेसी खुल्लामञ्चमा तीन महिने निशुल्क फुटबल प्रशिक्षण सुरु भएको छ । धादिङ फुटबल क्लबको आयोजना र निलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा बुघबारदेखी तीन महिने फुटबल प्रशिक्षण सुरु गरिएको हो ।धादिङ जिल्लाभर रहेका ईच्छुक व्यक्तिहरु प्रशिक्षणमा सहभागि हुन पाउने धादिङ फुटबल क्लबका अध्यक्ष गोपिकृष्ण भण्डारीले बताउनु भएको छ ।
स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद भने नाराको साथ सञ्चालन हुने फुटबल प्रशिक्षणबाट फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको छ।बुधबारदेखी सुरु भएको फुटबल प्रशिक्षण वि.स. २०८० बैशाख २५ गतेसम्म सञ्चालन हुनेछ।धादिङ फुटबल क्लबका अध्यक्ष गोपिकृष्ण भण्डारीले धादिङबाट राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरका फुटबल खेलाडी उत्पादन गर्ने उदेश्य उक्त कार्यक्रमको आयोजना गरीएको बताउनुभयो ।
प्रशिक्षणमा खेलाडीलाई डाइटको पनि व्यवस्था रहेको छ ।स्थानिय निकायसँग सहकार्य गरि आगामी दिनमा फुटबलको विकास गर्ने भण्डारीले बताउनुभयो ।धादिङ फुटबल क्लबका अध्यक्ष गोपिकृष्ण भण्डारीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा कार्यवाहक मेयर तथा वडा नम्बर ९ का वडा अध्यक्ष राजन बराईलीको प्रमुख आतिथ्यता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |