प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,२३ माघ ।
धादिङको सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले चालु आर्थिक बर्षको ६ महिनामा २ लाख ७ हजार १ सय ५ रुपैँया सहयोग गर्नुभएको छ। व्यक्तिगत तबरबाट आफ्नो पालिका र जिल्लाका विभिन्न स्थानमा नगद सहयोग गर्नुभएको हो ।आफ्नो व्यापार व्यावसायबाट आएको रकम मध्ये केहि अंश सामाजिक सेवामा लगानी गर्ने गरेको अध्यक्ष परशुराम खतिवडाले बताउनु भएको छ ।

पालिका अध्यक्ष नहुँदा पनि विगत देखीनै सामाजिक काम गर्दै आईरहेको भन्दै खतिवडाले अहिले पनि उक्त कामलाई निरन्तरता दिईरहेको बताउनुभयो । विगतमा खानेपानी,स्वास्थ्य,आमा समुहको भवन निर्माण,मठमन्दिर निर्माण,खेलकुदको क्षेत्रमा सहयोग गर्दै आईरहनुभएको छ।

यस चालु आर्थिक बर्षमा पालिकाको अमर आर्दश माविलाई नगद १५ हजार र सरस्वती मन्दिर निर्माणको लागि नगद २० हजार सहयोग गर्नुभएको छ ।यसैगरी परेवाटारमा विश्व भागवत धाम निर्माणको लागि १ लाख १ हजार १ सय ५ रुपैँया सहयोग गर्नुभएको खतिवडाले बताउनु भएको छ ।

यसैगरी सल्यानटारमा रहेको नरसिंह धाम विकास संरक्षण मुल समितिलाई नगद ५१ हजार र पालिका भित्रको एक गरिब परिवारलाई लत्ताकपडा र खाद्यन्न गरि ३० हजार बराबरको सहयोग गर्नुभएको नीजि सचिवालयले जानकारी दिएको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |