धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
नेपाल पत्रकार महासङ्घ र नेपाल नेत्रज्योति सङ्घबीच आँखा उपचारसम्बन्धी जनचेतना फैलाउने र पत्रकारका लागि निःशुल्क आँखा जाँच शिविर सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा महासङ्घका तर्फबाट अध्यक्ष विपुल पोख्रेल र सङ्घका तर्फबाट अध्यक्ष प्रा डा चेतराज पन्तले आज आयोजित कार्यक्रममा हस्ताक्षर गर्नुभएको छ ।
सो अवसरमा महासङ्घका अध्यक्ष पोख्रेलले प्रविधिको विकाससँगै लामो समय कम्प्युटरलगायत उपकरणको प्रयोगले पत्रकारको आँखामा समस्या देखिन थालेको बताउनुभयो । उहाँले दुई संस्थाबीचको सम्झौताले देशभरिका पत्रकार लाभान्वित हुने बताउनुभयो ।
सङ्घका अध्यक्ष पन्तले जनचेतना र सूचनाको अभावले आँखासम्बन्धी समस्या भएका बिरामीहरुले उपचार पाउन नसकेको बताउनुभयो । उहाँले निको हुने आँखाका रोगीको समेत उपचार हुन नसकेको भन्दै त्यसको निराकरण गर्न संस्था लागिपरेको बताउनुभयो ।
विसं २०३५ मा स्थापना भएको गैरनाफामूलक संस्था नेत्रज्योति सङ्घले हाल देशभरमा २७ वटा आँखा अस्पताल, एक सय ५० आँखा उपचार केन्द्र र ४४ जिल्ला शाखामार्फत नागरिकलाई सर्भसुलभ र गुणस्तरिय आँखा स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |