धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,१४ माघ ।
धादिङका विभिन्न स्थानमा भएको मोतियाविन्दु छनोट एकदिने आँखा शिविरमा ४ सय ८ जनाले आँखा जाँच गराएका छन् । तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौँ र जिल्ला सामुदायिक आँखा केन्द्र धादिङको संयुक्त आयोजना र स्थानिय निकार्यहरुको समन्वयमा शिविरमा आँखा जाँच गराएका हुन् ।
आँखा शिविर कार्यक्रम अन्तर्गत बुधबार मुरली भन्ज्याङ स्वास्थ्य चौकीमा ९३ जनाको आँखा जाँच गरिएकोमा ६ जनामा मोतियाविन्दु देखिएको छ भने ८ जनालाई कालो जस्मा वितरण गरिएको छ । बिहीबार कटुन्जे स्वास्थ्य चौकीमा १७ जनाले आँखा जाँच गराएका थिए । जस्मा १० जनामा मोतियाविन्दु देखिएको छ भने ६ जनालाई कालो चस्मा वितरण गरिएको छ ।
शुक्रबार निमारचोक सामुदायिक स्वास्थ्य इकाईमा ७३ जनाको आखाँ जाँच गरिएकोमा ३ जनामा मोतियाविन्दु देखिएको छ भने १० जनालाई कालो चस्मा वितरण गरिएको थियो । त्यसैगरी आज शनिबार ज्यामरुङ आयुर्वेद औषधालयमा १ सय ६७ जनाको आँखा जाँच गरिएकोमा ९ जनामा मोतियाविन्दु देखिएको र २५ जनालाई कालो चस्मा वितरण गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङका प्रमुख रामसिंह तामाङले बताउनुभयो ।
साथै माघ १५ गते आईतबार साङ्कोष स्वास्थ्य चौकीमा आँखा जाँच शिविर रहेको छ। शिविरहरुमा छनौट गरिएका मोतियाविन्दुका बिरामीहरुलाई जिल्ला सामुदायिक आँखा केन्द्र धादिङमा माघ १६ र १७ गते न्युनतम शुल्कमा अप्रेसन गरिने तामाङले जानकारी दिनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |