निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरेपश्चात् यही माघ २३ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता एक सय अङ्कित दरमा चार लाख १५ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन९आइपिओ०का बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले आफ्नो जारी पुँजी रू ५० करोडको १० प्रतिशतले हुने रू पाँच करोड मूल्य बराबरको कूल पाँच लाख कित्ता साधारण शेयरमध्ये ५० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, २५ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको र १० हजार कित्ता कर्मचारीलाई छुट्याइ सकेको छ । साथै बाँकी चार लाख १५ हजार कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।
कम्पनीले निष्कासन गरेको शेयरमा लगानीकर्ताले छिटोमा यही माघ २६ सम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे आगामी फागुन ८ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड छ ।
इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ‘सी–आस्वा’ प्रणालीमार्फत् र ‘मेरो शेयर’बाट आवेदन दिने सकिने कम्पनीले जनाएको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी आइआर बीबीबी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ ।
कम्पनीले इलामको इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकाको सीमा नदी ‘माई खोला’मा सात दशमलव आठ मेगावाट क्षमताको सुपरमाई हाइड्रोपावरको निर्माण गरेकोे छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |