Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ १३, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

निर्माण गति सुस्त छ, सुधार्नुस् : संसदीय टोली

नीलकण्ठ एफ.एम ८५३ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ ९, सोमबार (३ साल अघि)
निर्माण गति सुस्त छ, सुधार्नुस् : संसदीय टोली

राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको टोलीले सिंहदरबार स्थित निर्माणाधीन सङ्घीय संसद् भवनको आज अवलोकन गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका मुख्य सभा हलसहित १२ वटा भवन निर्माणको हालसम्मको भौतिक प्रगति ६१ प्रतिशत र वित्तीय प्रगति ५९ प्रतिशत रहेको छ ।

विसं २०७६ असोजमा तीन वर्षभित्र पूरा गर्ने लक्ष्यका साथ सुरु गरिएको उक्त निर्माण कार्य समयमा पूरा हुन नसक्नुलाई कोरोना प्रभावलाई मुख्य दोष देखाइएको छ । कुँदेका झ्याल र ढोका, झिँगटीको छानो रहने ती भवनमा सभाहल, पुस्तकालय, संसदीय समिति, राजनीतिक दलका संसदीय दलका कार्यालय रहनेछ ।

करिब रु पाँच अर्ब ६७ लाखको लागतमा निर्माणाधीन भवनमा विशिष्ट व्यक्ति, सांसद र अन्यका लागि बेग्लाबेग्लै तीनवटा प्रवेशद्वार हुनेछ । करिब एक सय २४ रोपनी क्षेत्रफल ओगटेको संसद् भवनको दायाँतर्फ राष्ट्रियसभा र बायाँतर्फ प्रतिनिधिसभा सञ्चालन हुनेछ । भवन निर्माणका लागि तोकिएको पहिलो समयसीमा सकिएपछि छ महिनाका लागि म्याद थपिएको छ । हालसम्मको प्रगति विश्लेषणले अझै कम्तीमा एक वर्ष अवधि लाग्ने निश्चित जस्तै देखिएको छ ।

भ्रमणका क्रमममा संसदीय टोलीले अर्को हिउँदे अधिवेशन नयाँ भवनमा सञ्चालन हुने गरी निर्माणलाई तीव्रता प्रदान गर्न सहरी विकास मन्त्रालय र संलग्न ठेकेदार कम्पनीका पदाधिकारीलाई निर्देशन दियो । भवन निर्माणमा हाल दैनिक दुई सय १४ श्रमिक खटिँदै आएकामा त्यसलाई कम्तीमा पाँच गुणा वृद्धि गर्न ध्यानाकर्षण गराएको छ ।

नेपालको पूर्वाधार निर्माण समयमै सकिन्न, लागत दोब्बर हुन्छ, गुणस्तर हुन्न भन्ने आमजनताको बुझाइ गलत साबित गर्ने ढङ्गबाट बाँकी काम यथाशीघ्र सम्पन्न गर्न सो अवसरमा संसदीय टोलीले निर्देशन दियो । भवन अवलोकनपछि रासससँग कुराकानी गर्दै सभापति मायाप्रसाद शर्माले कामको हिसाबले गति धिमा देखिएको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “अघिल्लो वर्षको तुलनामा प्रगति न्यून छ, अहिले पनि काम गराइमा सुधार देखिन्न, आवश्यक जनशक्ति परिचालन गरी छिटो बनाउन मिहेनत गर्नुपर्छ भनेर सुझाव दिएका छौँ ।”

टोलीले त्यहाँ बनिरहेको पुस्तकालय भवनको केही संरचना व्यावहारिक नभएको भनी असहमति जनाउँदै अन्तर्राष्ट्रियरुपमा अध्ययन र विश्लेषण गरी व्यवस्थित र सुधारको आवश्यकता औँल्याएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

  • दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

  • सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

  • समाचार
    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0