Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ १४, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

विपद् उत्थानशील देश बनाउनुपर्नेमा जोड

नीलकण्ठ एफ.एम १२०६ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर २७, मंगलबार (३ साल अघि)
विपद् उत्थानशील देश बनाउनुपर्नेमा जोड

काठमाडौँ, २७ मङ्सिर।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा सरकारी, अर्धसरकारी, गैरसरकारी, निजी एवं प्राज्ञिक क्षेत्रबाट भएका अध्ययन, अनुसन्धान खोज आविष्कार एवं नवप्रवर्तनमुखी क्रियाकलापको जानकारी र अनुभव आदानप्रदान गर्नुपर्ने खाँचो औँल्याइएको छ ।

विभिन्न साझेदार संस्थाको सहयोगमा गृह मन्त्रालयले आज यहाँ आयोजना गरेको नेपाललाई उत्थानशील देश बनाउनका लागि नवप्रवर्तनमुखी र व्यवसाय विषयक राष्ट्रिय सम्मेलनमा वक्ताहरुले विपद् जोखिम न्यूनीकरण एवं जीउधनको रक्षा गर्ने कार्यक्रममा लगानी प्रवद्र्धन गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

सम्मेलनमा गृह मन्त्रालयका सचिव विनोद सिंहले पछिल्लो समय जलवायु परिवर्तनका कारण बाढपहिरो जस्ता विपद्का घटना बढ्दै गएको र यसको प्रत्यक्ष असर विपन्न समुदायमा बढी परेकाले त्यसतर्फ सबैको ध्यान जान जरुरी छ भन्नुभयो । “उहाँले नेपाल विपद् जोखिम न्यूनीकरणका विषयमा कानुनी, नीतिगत रुपमा निकै अगाडि भए पनि त्यसको कार्यान्वयन हुन नसक्दा बर्सेनि विपद्बाट ठूलो जनधनको क्षति हुने गरेको बताउनुभयो ।”

एशियाली विपद् पूर्वतयारी केन्द्र एडिपिसीका राष्ट्रिय प्रतिनिधि मन थापाले २०५३ सालपछि सञ्चालन गरिएको समुदायमा आधारित विपद् व्यवस्थापनको अभ्यास नेपालमा मात्र नभएर एशियाका अन्य मुलुकमा पनि उदाहरणीय रहेको उल्लेख गर्दै चट्याङको विषयमा पनि नेपालले धेरै उदाहरणीय काम गर्न सकेको बताउनुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले नेपालमा विपद् व्यवस्थापनका क्षेत्रमा धेरै खोज अनुसन्धान हुन नसकेको र विभिन्न निकायबाट भएका अध्ययन अनुसन्धानको पनि कार्यान्वयनमा संस्थागत समन्वय र सहकार्य नहुँदा सामान्य विपद्का घटनामा पनि धेरै नोक्सानी हुने अवस्था रहेको उल्लेख गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले विपद्बाट हुने क्षतिका कारण औद्योगिक तथा व्यापारिक क्षेत्र पनि प्रभावित हुने गरेको र त्यस्तो अवस्थामा पनि निजी क्षेत्रले उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्दै आएको छ भन्नुभयो । गृह मन्त्रालयका सहसचिव प्रदीप कोइरालाले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा स्थानीय ज्ञान, सीप र अनुभवलाई पनि उपयोग गर्न सकिएमा जनधनको क्षति हुनबाट रोक्न सकिने बताउनुभयो ।

सम्मेलनमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा कार्यरत विभिन्न सरकारी, अर्धसरकारी, गैरसरकारी, निजी एवं प्राज्ञिक क्षेत्रबाट भएका अध्ययन, अनुसन्धान खोज आविष्कार एवं नवप्रवर्तनमुखी क्रियाकलापका प्रस्तुतिकरण गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

  • दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

  • सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

  • समाचार
    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0