काठमाडौँ,२२ मंसिर ।
सरकारले गत तीन वर्षमा ३५० जना गर्भवती तथा सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरेको छ । राष्ट्रिय मानवअधिकार आयोगको तथ्यांकअनुसार दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार भएको हो ।
तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा ८७ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार भएको छ । २०७७/७८ मा १०३ जना र आव २०७८/७९ को जेठ मसान्तसम्म १६० जनाको उद्धार गरेको हो ।
आयोगले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरिसकेको छ । बुधबार आयोगले वार्षिक प्रतिवेदन पेस गरेको जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |