धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,३० कात्तिक ।
धादिङमा नौ जनाले मात्रै इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाएका छन्। मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लामा रहेका हतियार बुझाउन गरेको सुचना अनुसार ९ जनाले मात्रै हतियार बुझाएका हुन् ।
उक्त नौ जनाले विभिन्न किसिमका १४ वटा बन्दुक बुझाएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । जिल्लामा अनुमति प्राप्त ४७ वटा हतियार भए पनि हालसम्म नौ जनाले मात्रै बुझाएको पाइएको हो । मङ्सिर १ गतेभित्र हतियार बुझाउन र बुझाएको हतियार निर्वाचनपछि सम्बन्धित व्यक्तिले नै लैजान सक्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो ।
हातहतियार बुझाउन अटेर गरेमा वा नबुझाएमा सुरक्षाकर्मीले जुनसुकै समयमा पनि हातहतियार खरखजना अन्तर्गत कारबाही गर्ने सुरक्षा समितिले जनाएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले कात्र्तिक २ गते सूचनानै निकालेर आफूसँग भएको हातहतियार बुझाउन सर्वसाधारणलाई अनुरोध गरेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |