नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
धादिङ,१२ बैशाख
चालु आर्थिक बर्षभित्र बजार क्षेत्रको खानेपानीको समस्या हल हुने नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाले बताउनुभएको छ । निर्माण ठेकेदार कम्पनीले निर्धारित समयभित्रै खानेपानी वितरण सुरु गर्ने प्रतिवद्धता जनाएकाले उक्त समयसीमाभित्र समस्या हल हुने उहाँको भनाइ छ। नगरपालिकामा आएर निर्माण कम्पनीले चालु आर्थिक बर्षमा ट्रिटमेन्ट प्लान्ट निर्माणको काम बाहेक अरु काम जेठ मसान्त भित्र सम्पन्न हुने प्रतिवद्धता जनाएका मेयर ढुंगानाले बताउनुभयो । आफ्नो टोलमा भईरहेको खानेपानीको कामको निगरानी राख्न समेत टोल विकास संस्थालाई आग्रह गर्नुभएको छ । ठेकेदारहरु नाफा कमाउने उदेश्यले काम गरेको भन्दै गुणस्तरमा कुनै पनि सम्झौता नगर्ने गरी कामको अनुगमन नर्ग समेत आग्रह गर्नुभएको छ ।

टोल विकास संस्था महासङ्घको पाँचौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगर प्रमुख ढुंगानाले हाल खानेपानी आयोजनाको काम तीव्र गतिमा अगाडि बढिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार जेठ मसान्तसम्म सबै घरधुरीमा सहज र शुद्ध खानेपानी पुग्नेछ।नगर प्रमुख ढुंगानाले सुरुमा करिब ७ सय घरधुरीका लागि निर्माण गरिएको खानेपानी प्रणाली अहिले करिब ४ हजार ५ सय घरधुरीले प्रयोग गर्दा पानीको अभाव देखिएको उल्लेख गर्नुभयो। सो समस्या समाधानका लागि करिब ४६ करोड रुपैयाँ लागतमा नयाँ खानेपानी आयोजना सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो।

उहाँले नगरपालिकाले शिक्षा क्षेत्रमा समेत उल्लेखनीय लगानी गर्दै आएको जानकारी दिनुभयो। नगर पालिकाका धेरै योजनाहरु नगरपालिका भन्दा बाहिरबाट पैसा ल्याएर काम भएको बताउनुभयो । नियमित नगरपालिकामा आउने बजेटले सबै काम गर्न सम्भव नभएको भन्दै उहाँले आफुले गरेको कामको पछि मुल्यांकन हुने स्पष्ट पार्नुभयो । कुल बजेटको ४० प्रतिशतभन्दा बढी शिक्षा क्षेत्रमा खर्च गरिएको उल्लेख गर्दै उहाँले निःशुल्क शिक्षाको व्यवस्थाले विशेषगरी मध्यम तथा गरिब वर्गका नगरबासीलाई ठूलो राहत पुगेको बताउनुभयो। उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै जनताको अपेक्षा अनुसार काम गरिरहेको उहाँको भनाई छ ।कार्यक्रम टोल विकास संस्था महासङ्घका अध्यक्ष नरबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने उद्घाटन सत्रमा नगर प्रमुख ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |