नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
धादिङ,,१ चैत
धादिङ जिल्लामा एसईई परीक्षा लक्षित गर्दै आयोजना गरिएको जिल्ला स्तरीय अन्तर विद्यालय विज्ञान हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। विज्ञान शिक्षक समाज नेपाल, जिल्ला कार्यसमिति धादिङको आयोजनामा नीलकण्ठ–३ स्थित नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयमा प्रतियोगिता सम्पन्न भएको हो।प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो । प्रतिस्पर्धात्मक रुपमा सञ्चालन गरिएको प्रतियोगितामा आदर्श माध्यमिक विद्यालय गजुरी प्रथम स्थान हासिल गर्न सफल भएको छ। विद्यालयका आइन्स्टाइन पाण्डे र अनिरुद्ध सिंह बस्नेतको टोलीले प्रथम स्थान हासिल गर्दै नगद रु ६ हजार पुरस्कार प्राप्त गर्नुभएको छ ।त्यसैगरी धादिङ बोर्डिङ स्कुलका पाविल श्रेष्ठ र मुस्कान श्रेष्ठको टोली द्वितीय हुँदै नगद रु ४ हजार ५ सय पुरस्कार प्राप्त गर्न सफल हुनुभयो। नीलकण्ठ बालमन्दिर माविका कृतम सिलवाल र शाश्वत अर्यालको टोली तृतीय स्थान हासिल गर्दै नगद रु ३ हजार पुरस्कार प्राप्त गर्नुभएको छ ।
त्यस्तै चिल्ड्रेन पार्क माविका दिप्सन सिंखडा र आयुष्मा सापकोटाको टोलीले सान्त्वना स्थान हासिल गर्दै नगद रु १ हजार ५ सय पुरस्कार प्राप्त गर्नुभयो ।कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ धादिङका प्रमुख भूमिलाल शर्मा सुवेदी प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो। उहाँले विज्ञान शिक्षा र प्रतिस्पर्धात्मक कार्यक्रमहरूले विद्यार्थीहरूको ज्ञान, आत्मविश्वास र सिकाइ क्षमतालाई थप मजबुत बनाउने बताउनुभयो।संस्थाका अध्यक्ष राजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा शिक्षा विकास तथा समन्वय एकाइ धादिङका प्रमुख भूमिलाल शर्मा सुवेदी प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विष्णु प्रसाद रिजालको विशेष आतिथ्यता रहेको कार्यक्रमको मुख्य निर्णायकहरुमा सन्दिप अधिकारी र जितेन्द्र महर्जन रहनुभएको थियो । आयोजकका अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा विज्ञानप्रति रुचि बढाउनुका साथै एसईई परीक्षाको तयारीमा पनि महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |