धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन प्रचार प्रसार समितिमा सरोज अधिकारी मनोनित भएका छन् । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट बनेको पार्टी प्रवक्ता देवराज चालिसे नेतृत्वको समितिमा धादिङ घर भएका अधिकारी मनोनित भएका हुन् । नेपाल प्रेस यूनियनको पूर्व केन्द्रीय कोषाध्यक्ष समेत रहि सकेका अधिकारीलाई प्रवक्ता चालिसेले शनिबार मनोनयन गरेका हुन् । नेपाली कांग्रेसमा केन्द्रिय प्रचार प्रसार समिति, निर्वाचन परिचालन पछिको शक्तिशाली समिति मानिन्छ । पार्टी उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा निर्वाचन परिचालन समिति छ भने प्रवक्ता चालिसेको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति छ ।
पार्टीको १४ ओं महाधिवेशनबाट महासमिति सदस्य समेत बनेका अधिकारीसँग यस्ता निर्वाचन प्रचारमा बसेर काम गरेको लामो अनुभव छ । २०६४ साल यता भएका सबै तहका निर्वाचनमा केन्द्रिय निर्वाचन प्रचारमा बसेर काम गरेका अधिकारीसँग प्रिन्ट, रेडियो, टेलिभिजन, अनलाईन र अहिलेको मल्टीमिडियामा काम गरेको अनुभव छ । अधिकारीले पार्टी केन्द्रले दिएको जिम्मेवारीलाई विगतमा जसरी नै आफुले पुरा गर्ने बताए । ‘मलाई सभापति, उपसभापति, प्रवक्ताले जुन विश्वास गरेर जे जिम्मेवारी सुम्पनु भएको छ, म उहाँहरू प्रति आभारी छु ।’ उनले भने ‘नेपाली कांग्रेसका उम्मेदवार र रूख चिन्हमा मत बढाउने जिम्मेवारीलाई थप क्रियाशिलताका साथ निर्वाह गर्छु ।’ पत्रकारीता क्षेत्रमा नै लामो समय काम गरेका अधिकारीसँग पार्टिको महाधिवेशन तथा महासमिति बैठकमा समेत मिडिया परिचालनको अनुभव छ ।
नेपाल नगरपालिका संघको केन्द्रिय सल्लाहकार समेत रहेका अधिकारी पत्रकारिता र समाजशास्त्र विषयमा स्नाकोत्तर र कानुनमा स्नातक अध्ययन हुन् । पछिल्लो समय भने अधिकारी पत्रकारीता भन्दा बढी भुगोलको राजनितिमा केन्द्रित छन् । उनि अहिले धादिङको नीलकण्ठ नगरपालिका केन्द्रित राजनितिमा छन् । नेपाली कांग्रेसको १३ महाधिवेशमा समेत महाधिवेशन प्रतिनिधि रहेका अधिकारी २०५८ सालमा नीलकण्ठ उच्च माविको नेपाल विध्यार्थी संघको अध्यक्ष हुँदै राजनीतिमा प्रवेश गरेका हुन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |