Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २३, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

नुवाकोटको लिखु गाउँपालिकामा एक दिने मानसिक स्वास्थ्य सचेतना तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

२६५७ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष २४, बिहिबार (४ महिना अघि)
नुवाकोटको लिखु गाउँपालिकामा एक दिने मानसिक स्वास्थ्य सचेतना तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

धादिङ,२४ पुस
नुवाकोट जिल्लाको लिखु गाउँपालिकाको आयोजनामा जनप्रतिनिधि तथा गाउँपालिकामा कार्यरत कर्मचारीहरूका लागि एकदिने मानसिक स्वास्थ्य सचेतना तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न भएको छ। मानसिक स्वास्थ्यप्रतिको बुझाइ अभिवृद्धि गर्ने तथा तनाव व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रममा धादिङका नीलकण्ठ नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाले सहजिकरण गर्नुभएको थियो। सहजिकरणका क्रममा उहाँले स्वास्थ्यको समग्र परिभाषा, मानसिक स्वास्थ्य भनेको के हो, मानसिक रूपमा स्वस्थ व्यक्तिमा देखिने व्यवहारहरू, मनोसामाजिक अवधारणाको अर्थ तथा मनोसामाजिक समस्या उत्पन्न हुने कारणहरूबारे सहजिकरण गर्नुभएको थियो ।

त्यसैगरी मानसिक स्वास्थ्य समस्याका कारण बढ्दै गएको आत्महत्याको अवस्थाबारे चर्चा गर्दै मानसिक सुस्वास्थ्य कायम राख्न अपनाउन सकिने उपायहरू, तनाव व्यवस्थापनका व्यवहारिक तरिका तथा सकारात्मक सोचको महत्वबारे जानकारी गराउनुभएको थियो। सहजिकरणका क्रममा दैनिक जीवनमा आइपर्ने तनाव र दबाबलाई कसरी सामना गर्ने तरिकाहरुको बारेमा जानकारी गराउनु भएको थियो ।कार्यक्रममा स्वागत मन्तव्य राख्दै गाउँपालिकाका मनोसामाजिक परामर्शकर्ता गोमा जम्कट्टेलले गाउँपालिकाले मनोसामाजिक समस्या भएका व्यक्तिहरुको घरमै गएर निशुल्क सेवा प्रवाह गरीरहेको बताउनुभयो । साथै उहाँले मनोसामाजिक समस्या भए खुलेर कुरागर्न र परामर्शको लागि आउनको लागि आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले लिखु गाउँपालिकाले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विभिन्न सचेतनामूलक तथा सहयोगी कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले मानसिक स्वास्थ्य समस्यालाई लुकाएर होइन, खुलेर स्वीकार गरी समाधानतर्फ अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै आगामी दिनहरूमा पनि लिखु गाउँपालिकाले मानसिक स्वास्थ्य क्षेत्रमा थप कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा कर्मचारीहरूले यस्ता कार्यक्रमले कार्यक्षेत्रमा देखिने मानसिक तनाव न्यूनीकरण गर्न तथा व्यक्तिगत र व्यावसायिक जीवन सन्तुलनमा राख्न सहयोग पुग्ने प्रतिक्रिया दिएका छन्। गाउँपालिकाका उपाध्यक्ष सुभद्रा अधिकारी उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । लिखु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टको विशेष आतिथ्यता रहेको कार्यक्रममा वडा अध्यक्षहरु,शाखा प्रमुखहरु,कार्यपालिका सदस्यहरु,वडा सचिव,स्वास्थ्य चौकी ईन्चार्ज लगायत सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

  • सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

  • सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

  • धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

  • समाचार
    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0