नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
धादिङबेशी, ५ मंसिर। जनस्वास्थ्य तथा प्राविधिक अध्ययन स्कुल धादिङले प्रथम वर्षमा भर्ना भएका नयाँ विद्यार्थीहरूको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । नीलकण्ठ नगरपालिका ३, पुछारबजारमा रहेको प्राविधिक स्कुलले बागमती प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठको प्रमुख आतिथ्यतामा स्वागत कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा धादिङ अस्पतालका निमित्त निर्देशक डा. त्रिभुवन झा, जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेल, आयुर्वेद तथा बैकल्पिक चिकित्सालयका प्रमुख डा. अमुल्य दाहाल, शहीद मेमोरियल अस्पताल धादिङ प्रा.लि.का अध्यक्ष विष्णुलाल श्रेष्ठ, शहीद मेमोरियल प्राबिधिक शिक्षालयका अध्यक्ष बालकृष्ण नेपाली, बिद्यालयका शेयर होल्डर प्रकाश सापकोटा, सुजन श्रेष्ठ, सुमन पराजुली, लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पहिलो वर्षमा भर्ना भएर अध्ययन गर्न आएका विद्यार्थीहरूलाई बागमती प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठ लगाएतका अतिथिहरुले कलम र डायरी प्रदान गरी स्वागत गर्नु भएको थियो । विद्यार्थीहरूबीच आपसी परिचय, पढाइ वातावरण तथा व्यवहारिक सीप विकासमा सहयोग पु¥याउने उद्देश्यले यस किसिमको स्वागत कार्यक्रम आयोजना गरिएको बिद्यालयका संचालक कृष्ण बहादुर पौडेलले जानकारी दिनुभयो ।
सोहि समारोहमा हालै सेवा निवृत्त भएका पूर्व प्रिन्सिपल सिताराम वाग्ले तथा पूर्व व्यवस्थापक कमल दनैलाई विद्यालयले विधाइ तथा सम्मान गरेको थियो । त्यसैगरी नवनियुक्त प्रिन्सिपलटंक प्रसाद चापागाईलाई सोहि समारोहमा बिद्यालयले औपचारिक स्वागत समेत गरेको थियो । उक्त जनस्वास्थ्य तथा प्राविधिक अध्ययन स्कुल धादिङमा कोसी प्रदेश बाहेक सवै प्रदेशका बिद्यार्थीहरुहरु अध्ययनरत छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |