धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
धादिङ, साउन २२ गते ।
नीलकण्ठ नगरपालिकाले ‘ग’ वर्गका अपांगता भएका व्यक्तिहरू र उनीहरूको परिवारलाई लक्षित गरी निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्ने भएको छ।
नगरपालिकामा बुधबार सम्पन्न अपांगता परिचयपत्र समन्वय समितिको बैठकले ‘ग’ वर्गको अपांगता भएका व्यक्ति तथा उनका पाँच जनासम्मका परिवार सदस्यको स्वास्थ्य बीमा खर्च नगरपालिकाले बेहोर्ने निर्णय गरेको हो।
“संघीय सरकारले ‘क’ वर्ग र प्रदेश सरकारले ‘ख’ वर्गका अपांगता भएका व्यक्तिहरूलाई स्वास्थ्य बीमा र सहुलियत सुविधा दिँदै आएको छ। अब ‘ग’ वर्गमा परेका अपांगता भएका व्यक्तिहरूलाई स्थानीय तहबाट सुविधा प्रदान गरिनेछ,”नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले भन्नुभयो।
उहाँका अनुसार नीलकण्ठ नगरपालिकाभित्र हालसम्म २७५ जना ‘ग’ वर्गको अपांगता परिचयपत्र लिएका व्यक्ति छन्। ती सबै व्यक्ति र उनीहरूको परिवारले यस योजनाबाट प्रत्यक्ष लाभ लिन सक्नेछन्।
यस कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न वडा कार्यालयहरू, बीमाकर्ता, र बीमा दर्ता सहयोगीहरूलाई आवश्यक जानकारी दिइने र लक्षित लाभग्राहीहरूलाई सूचित गरिने समेत नगरपालिकाले जनाएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |