नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
धादिङबेशी १०,जेष्ठ । लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीको अध्यक्षमा विक्रम विश्वकर्मा चयन हुनु भएको छ । आज धादिङबेसी स्थित क्रिक रिसोर्टमा भएको लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीको लायन वर्ष २०२५–२६ को निर्वाचन कार्यक्रम मार्फत बिश्वकर्मा सर्वसहमत अध्यक्ष चयन हुनुभएको हो ।
निर्वाचन कार्यक्रम मार्फत लायन वर्ष २०२५–२६ को प्रथम उपाध्यक्षमा राजाराम रिजाल, द्वितीय उपाध्यक्षमा डा.दिनेश रेग्मी, सचिवमा तारा रिजाल, सह सचिवमा मन्दिरा आचार्य, कोषाध्यक्षमा सुदर्शन गोम्जा चयन हुनु भएको छ । क्लवले आज निर्वाचन कार्यक्रम मार्फत लायन वर्ष २०२५–२६ को लागी १५ जना सदस्य सहित २२ जनाको कार्यसमिति चयन गरेको हो ।
क्लबको संस्थापक अध्यक्ष कविता ईटनीको प्रमुख आतिथ्यतामा निर्वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लायन वर्ष २०२५–२६ का जोन चियरपर्सन कृष्ण प्रसाद ढकाल शिशिर, रिजन चियन पर्सन कृष्ण बद्री पौडल लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा क्लबका सचिव तारा रिजालले क्लबले लायन वर्ष २०२४–२५ मा सम्पादन गरेको सामाजिक सेवाका कार्यहरूको विवरण प्रस्तुत गर्नु भएको थियो ।
क्लबले विषेशज्ञ स्वास्थ्य शिविर (५०० जनालाई स्वास्थ्य सेवा प्रदान) वृहत रक्तदान कार्यक्रम (१५२ पिन्ट रगत सङ्कलन), नक्षेत्र बाटिका वृक्षारोपण कार्यक्रम (राशी र नक्षेत्र अनुसारका २७ प्रकारका बिरुवा), चेपाङ समुदायका बालबालिकाहरुलाई न्यानो कपडा वितरण (५५ थान) लगायत कार्यक्रमको सम्पन्न गरिएको थियो
यस्तो छ, धादिङ अस्पतालका कर्मचारी समेत रहेका नवनियुक्त अध्यक्ष विक्रम विश्वकर्मा सामाजिक पृष्ठभूमीः
१) वि.स.२०६०–०६१ सम्म २ कार्यकाल जूनियर युवा रेडक्रस सोसाईटी कर्णेश्वर मा.वि.को अध्यक्ष
२) कर्णेश्वर मा.वि.मा जूनियर युवा रेडक्रस सर्कलको अध्यक्ष हुँदा जिल्ला स्तरीय जूनियर युवा सर्कल सम्मेलनको आयोजना र काभ्रेको बनेपामा सम्पन्न राष्ट्रिय जूनियर÷युवा रेडक्रस सर्कलको कार्यक्रममा धादिङ जिल्लाबाट पुरूष विद्यार्थीको प्रतिनिधित्व
३) वि.स.२०६६–६७ सम्म अमृत साइन्स क्याम्पसमा २ कार्यकाल युवा रेडक्रस सर्कलको अध्यक्ष
४) नेपाल रेडक्रस सोसाईटी धादिङको आजीवन सदस्य
५) लायन्स क्लब अफ धादिङ काठमाण्डौं क्लबको द्वितीय उपाध्यक्ष हुँदै हाल अध्यक्ष
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |