Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

नीलकण्ठ बहुमुखी क्याम्पसले मनायो २५ औ स्थापना दिवस, उत्कृष्टलाई पुरस्कृत

नीलकण्ठ एफ.एम १२०१ पटक पढिएको प्रकाशित मिति: २०८१ मंसिर ६, बिहिबार (१ साल अघि)
नीलकण्ठ बहुमुखी क्याम्पसले मनायो २५ औ स्थापना दिवस, उत्कृष्टलाई पुरस्कृत

धादिङ, ०६ मंसिर ।
नीलकण्ठ बहुमुखी क्याम्पसको २५ औ वार्षिक उत्सव मनाइएको छ । २०५७ सालमा स्थापना भएको धादिङ जिल्लाकै पहिलो क्याम्पस नीलकण्ठ बहुमुखी क्याम्पसको २५ औं स्थापना दिवस मनाइएको हो ।

क्याम्पसमा विहीबार बागमती प्रदेश सभाका साँसद गोविन्द लंसालको प्रमुख आतिथ्यतामा एक समारोहको आयोजना गरी साँस्कृतिक कार्यक्रमको साथमा स्थापना दिवस मनाइएको हो । बार्षिक उत्सव समारोहमा पुर्व प्रदेश साँसद डा. राम कुमार अधिकारी, नीलकण्ठ नगरपालिकाका उपमेयर दीपक विश्वकर्मा, गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त बहादुर लामा, ज्वालामुखी गाउँपालिका अध्यक्ष यमनाथ दनै, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, प्रहरी प्रमुख दीपेन्द्र शाही, नीलकण्ठ नगरपालिका वडा नं ८ का अध्यक्ष प्रकाशकुमार श्रेष्ठ, १२ का अध्यक्ष धर्मराज भण्डारी, ३ का अध्यक्ष राजकुमार श्रेष्ठ, धादिङमा क्रियाशिल राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, विभिन्न संघ सस्थाका प्रमुख एवं प्रतिनिधहरु, शिक्षासेवी, पुर्व क्याम्पस प्रमुखहरु, सञ्चालक समितिका पदाधिकारी लगायत क्याम्पस सभाका सदस्यहरु, अभिभावकहरु तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

समारोहमा क्याम्पस प्रमुख नवराज शर्माले क्याम्पसको वर्तमान आर्थिक, भौतिक र शैक्षिक अवस्थाबारे बताउदै आगामी दिनका योजना र चुनौतीहरुबारे कार्यक्रमका सहभागीहरुलाई जानकारी गराउनुभएको थियो । बार्षिक उत्सवकै अवसरमा क्याम्पसमा स्थापनाकालदेखि नै अध्यापनरत उप प्राध्यापक बद्री प्रसाद कोइरालालाई वर्षको उत्कृष्ट प्राध्यापक र लाइव्रेरियन किशोर श्रेष्ठलाई वर्षको उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिएको थियो ।

त्यस्तै वर्षको उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा प्राध्यापक तर्फ सहायक क्याम्पस प्रमुख देवी प्रसाद अधिकारी र विद्यार्थी तर्फ स्नातकोत्तर तहकी अनिता श्रेष्ठलाई नगद पुरस्कार र प्रशंसापत्र सहित सम्मान गरिएको थियो । त्यसैगरी वर्षको अधिक पुस्तकालय प्रयोगकर्ताको रुपमा स्नातक तह तेस्रो वर्षकी भवानी भट्टराईलाइ नगद रु १ हजार र प्रशंसापत्र सहित पुरस्कृत गरिएको थियो ।

क्याम्पसले यस वर्षदेखि उत्कृष्ट अभिभावकको रुपमा समेत सम्मान गर्न थालेको छ ।

आफ्ना बालबच्चाको पढाईको विषयमा क्याम्पस आएर सोधपुछ गर्ने, सल्लाह सुझाव प्रदान गर्ने अभिभावकहरुलाई यस वर्षदेखि सम्मान गर्ने कामको थालनी गरिएको र यस वर्ष स्नातकोत्तर तह तेस्रो सेमेष्टरमा अध्यनरत पुजा घिमिरेकी बुवा हरि घिमिरेलाई सम्मान गरिएको क्याम्पस प्रमुख नवराज शर्माले जानकारी दिनुभयो।

कार्यक्रममा शुभकामना मन्तब्य राख्ने बक्ताहरुले समुदायमा क्याम्पसले पुर्याएको योगदानको चर्चा गर्दै क्याम्पसको विकास र श्रीबृद्धिको लागि आफ्नो आफ्नो ठाउँबाट लागिपर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । समारोहकै अवसर पारी विभिन्न समयमा क्याम्पसका विभिन्न गतिविधिहरुमा सहयोग गर्ने ब्यक्ति तथा सस्थाहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।

स्थापना दिवसको पुर्वसन्ध्यामा क्याम्पसले नीलकण्ठ नगरपालिका वडा नं ८ मा समुदाय केन्द्रित निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरेको थियो । जसमा १ सय २५ जना स्थानीयहरुले विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण गराएका थिए।

No description available.

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

  • सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

  • सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

  • धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

  • समाचार
    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0