नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
धादिङ,१७ असार ।
डिभिजन वन कार्यालय धादिङले हरीत स्वयंसेवकहरूलाई विदाइ गरेको छ । कार्यालयले वन डढेलो नियन्त्रण, वन संरक्षण र वन्यजन्तु संरक्षणमा कार्यरत हरीत स्वयंसेवकहरूलाई आजबाट विदाई गरेको हो ।
आर्थिक वर्ष २०८०/०८१ को वातावरण संरक्षण तथा शहरी वन कार्यक्रम अन्तर्गत नियुक्त भइ करीव ५ महिनादेखि कार्यरत हरीत स्वयंसेवकहरूलाई आज एक कार्यक्रमका बिच विदाई गरिएको डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यले बताउनुभयो ।
गत फागुनदेखि असारसम्म वन डढेलो नियन्त्रण, वन संरक्षण र वन्यजन्तु संरक्षणमा खटिएका स्वयंसेवकहरूलाई जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारी, प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे र वन अधिकृत विष्णु प्रसाद आचार्यले फूलको गुच्छा, प्रमाण पत्र तथा खादा प्रदान गर्नुभएको थियो।
हरित स्वयंसेवकहरूलाई विदाइ तथा शुभकामना आदान प्रदान कार्यक्रममा फिल्डमा सहजीकरण गर्ने कार्यालयका चालक तथा सवरहरूलाई समेत सम्मानपत्र प्रदान गरिएको छ ।





निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |