नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
धादिङ,०२ बैशाख ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ पिमलखोला नजिक घट्टेखोलामा आईचर ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
आइतबार बिहान घरबाट मल उठाएर खेतमा लान लागेको बा ३ ख ८९४७ नम्बरको आईचार ट्रक साँघुरो कच्ची घुम्ती सडकबाट १५० मिटर तल पिमलखोलामा पुगेको जिल्ला प्रहरी कायालयका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक महेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।
स्थानीय चाउरे भन्ने टीका रमतेलको घरको मल बोकेर खेतमा लानेक्रममा ओरालो बाटोमा ब्रेक फेल भएर दुर्घटना भएको स्थानीयबासीले बताएका छन् ।
गाडी ब्रेक फेल भएपछि स्टेरिङ समेत मोड्न नसक्दा सिधै खोलामा खसेको थियो । घाइतेहरुको धादिङ अस्पतालमा सामान्य उपचार पछि हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं ट्रमा सेन्टर लाने तयारी गरिएको छ । थप विवरण आउन बाँकी रहेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |