नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
उज्यालो बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा मान बहादुर क्षेष्ठ निवार्चित भएका छन् । सामेबार सम्पन्न १४ औँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निवाचित गरेको हो ।
निर्वाचित कार्यसमितिको उपाध्यक्षमा कृष्ण प्रसाद पोखरेल, सचिवमा देवेन्द्र गैरे, कोषाध्यक्षमा राजु श्रेष्ठ, सह–सचिवमा पुष्पा पन्त श्रेष्ठ निवार्चित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा दान बहादुर श्रेष्ठ, प्रदीप पोखरेल,रामकृष्ण कोइराला, सुब्बा रम्तेल, संझना नेपाली र कृष्ण प्रसाद पोखरेल रहेका छन् ।
त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा सविता सुवेदी कोइराला निर्वाचित हुनुभएको छ भने सदस्यहरु शिवराज पोखरेल, धन बहादुर बिश्वकर्मा रहेका छन् ।
त्यसैगरी ऋण–उपसमिति संयोजकमा राजु श्रेष्ठ, सदस्यहरुमा सिताराम श्रेष्ठ, पुजा भट श्रेष्ठ निर्वाचित भएका छन् । शिक्षा उपसमिति संयोजकमा बलराम अधिकारी निर्वाचित भएका छन् भने सदस्यहरुमा लक्ष्मी रिमाल पोखरेल, पशुराम कोइराला निर्वाचित भएका छन् ।
त्यसैगरी साधारणसभाले जयराम कोइरालाको संयोजकत्वमा ऋण असुली उप–समिति समेत चयन गरको छ । ऋण असुली उप–समिति सदस्यहरुमा अनिल अधिकारी र कृष्ण प्रसाद अधिकारी चयन भएका छन् । उज्यालो बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर पोखरेलको अध्यक्षतामा सम्पन्न १४ औँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनमा नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
साधारण सभाले आगामी छ महिना भित्र भाखा नागेको सम्पूर्ण ऋण असुलीको नभएमा कानुनी प्रक्रिया अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्दै सम्पूर्ण प्रतिवेदनहरु ब्यापक छलफल गरि सर्वसहमत पास गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |