नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
धादिङ, ०२ माघ ।
माघे संक्रान्ति सांस्कृतिक तथा कृषि महोत्सवको अवसरमा धुवाकोटमा ५१ जनाले रक्तदान गरेका छन् । नीलकण्ठ नगरपालिका वडा नं १४, धुवाकोटमा सम्पन्न रक्तदान कार्यक्रममा ४२ जना पुरुष र ९ जना महिला गरी ५१ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका कोषध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटी धुवाकोट उप–शाखा को आयोजनामा भएको रक्तदान कार्यक्रममा प्रगतिशील महिला बचत तथा ऋण सहकारी संस्था लि, धुवाकोटमा स्वास्थ्य चौकी–२, नीलकण्ठ नगरपालिका वडा नं १४ कार्यलय, संस्कृति संरक्षण एंव पर्यटन प्रवर्धन समिति, विद्यार्थी उपकार संघ, भंगेरी युवा क्लब, कुपा युवा समाज, जनआवाज युवा क्लब को सह– आयोजक रहेको थियो भने लायन्स क्लब अफ काठमाडौ बल्ड सर्कलको सहकार्य रहेको थियो ।
बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म भएकोे रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधि सहयोग रहेको थियो ।
धुँवाकोटमा पहिलो पटक हुन भएको रक्तदान कार्यक्रममा नयाँ पुस्ताका युवाहरुको पनि रक्तदानमा सहभागिता रहेको नेपाल रेडक्रस सोसाइटी धुवाकोट उप–शाखा सभापति सुमन अधिकारीले बताउनुभयो ।




निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |