धादिङ ९ चैत ।
इन्पेरियल सेक्युरिटिज कम्पनी प्रालि स्टक ब्रोकर नं.४५ ले धादिङबेसीमा शाखा विस्तार गर्ने भएको छ । नयाँ वर्षदेखि तेस्रो शाखाको रुपमा धादिङबेसीको बीचबजारबाट सेवा विस्तार गर्न लागिएको इन्पेरियल सेक्युरिटिज कम्पनी प्रालि स्टक ब्रोकर नं.४५ को संचालक सिताराम अधिकारीले जानकारी दिनुभयो । यस कम्पनीको यस अघि नेपालगंज र सुर्खेतमा शाखा विस्तार भइसकेको छ ।
विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा नेपाल धितोपत्र बोर्ड र स्टक ब्रोकर एशोशियसन अफ नेपालको आयोजना तथा इम्पेरियल सेक्युरिटिज कम्पनी प्रालि स्टक ब्रोकर नं.४५ को सहकार्यमा धादिङबेसीमा धितोपत्र बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम नेपाल धितोपत्र बोर्डका शंकर प्रसाद रिमालको प्रमुख आथित्यतामा धादिङका लगानीकर्ताहरुको उत्साहपूर्ण सहभागिताका बिच सम्पन्न भएको हो ।
उक्त सप्ताहको मुख्य उद्देश्य धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी विभिन्न जानकारी, सूचना तथा गतिविधिहरू सर्वसाधारणमा प्रवाहको माध्यमबाट बजारसम्बन्धी सुरक्षा तथा लगानीकर्ता सचेतना अभिबृद्धि गरी लगानीकर्ता सशक्तीकरण गर्ने रहेको छ ।
उक्त कार्यक्रममा नेपालको धितोपत्र बजारका विभिन्न जानकारी मूलक सामाग्रीहरु प्रस्तुत गरीएको थियो सो क्रममा नेपालको धितोपत्र बजारको नियमन निकाय नेपाल धितोपत्र बोर्डको तर्फबाट निर्देशक शंकर प्रसाद रिमाले र इम्पेरियल सेक्युरिटिज कम्पनी प्रालिको तर्फबाट अर्जुन बरालले प्रशिक्षण दिनुभएको थियो । बोर्डले विगत देखिनै नियमित रुपमा लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रमहरू संचालन गर्दैै आएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |