Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ १३, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

सूचना प्रविधिमा महिलाको पहुँच विस्तार गर्नुपर्छ : सञ्चारमन्त्री शर्मा

नीलकण्ठ एफ.एम ३११८ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन २४, बुधबार (३ साल अघि)
सूचना प्रविधिमा महिलाको पहुँच विस्तार गर्नुपर्छ : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको उपयोगमा महिलाको पहुँच विस्तार गरी सेवा प्रवाह, उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड दिनुभएको छ ।

मन्त्री शर्माले एक सय १३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागितासहित सारभूत समानता कायम गरी लैङ्गिक न्याय, समानतामूलक राष्ट्र निर्माण गर्ने कार्यमा सम्बद्ध सबैको ध्यान पुग्न जरुरी रहेको बताउनुभएको छ ।

तीव्र गतिमा भएको प्रविधिको विकासले महिलाको जीवनयापन सहज बनाएको भए पनि प्रविधिमा महिलाको पहुँच अपेक्षाकृत हुन नसकेको उल्लेख गर्दै उहाँले प्रविधिमा पहुँच विस्तार गरी महिलाको सुरक्षा, सम्मान र रोजगारीमा विशेष व्यवस्थासहित न्याय र समानतामा आधारित समुन्नत राष्ट्र निर्माणको यात्रामा प्रतिबद्ध हुन सबैलाई प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

“राज्यको हरेक तहमा महिलाको प्रतिनिधित्व सुनिश्चितता, मातृ मृत्युदरमा उल्लेखनीय सुधार, कूल साक्षरता दर र औसत आयुमा वृद्धि तथा आर्थिक सशक्तिकरणका सूचकहरूमा आएको सकारात्मक परिवर्तनले महिलाको सुधारोन्मुख आवस्था झल्काउँदछ । संविधान र कानुनमा महिलाका पक्षमा भएका व्यवस्थाहरू व्यवहारतः कार्यान्वयन हुन नसक्नु हाम्रो चुनौती हुन् ।

नेपालमा सञ्चालित विभिन्न सङ्घर्ष, आन्दोलन, विद्रोह, युद्धबाट प्राप्त उपलब्धि र महिलाका पक्षमा भएका अधिकारलाई कार्यान्वयन गर्दै हाम्रो समाजमा रहेको राजनीतिक अधिकार, चेतना तथा विद्यमान विकृतिद्वारा थोपारिएको कुप्रचलनबीचको अन्तर्विरोधको समाधान आजको आवश्यकता हो”, सञ्चारमन्त्री शर्माद्वारा आज जारी शुभकामना सन्देशमा उल्लेख छ ।

महिलाको सामाजिक, आर्थिक, सांस्कृतिक, र राजनीतिक, अधिकार सुनिश्चित गर्न आफ्नो जीवन अर्पण गर्नुहुने शहीहरूप्रति श्रद्धान्जली अर्पण गर्दै सञ्चारमन्त्री शर्माले यस अवसरमा सम्पूर्ण महिला, दिदीबहिनी, तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

  • दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

  • सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

  • समाचार
    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0