धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २६ दशमलव ४७ अङ्कले घटेर एक हजार नौ सय ६९ दशमलव शुन्य दुईमा सीमित भएको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ८१ अङ्कले घटेर तीन सय ७३ दशमलव ५६ मा पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कूल कारोबार भएका कम्पनीमध्ये १९ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ९४ कम्पनीको शेयर मूल्य भने घटेको छ । साथै तीन वटा कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।
विभिन्न कम्पनीका कूल ३६ लाख ५७ हजार एक सय ५४ कित्ता शेयर रू एक अर्ब ३३ करोड ६३ लाख ३३ हजार नौ सय ६४ मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ४४ अर्ब ९२ करोड ४४ लाख २६ हजार चार सय ४७ बराबर छ ।
कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रू आठ करोड १२ लाख ८६ हजार आठ सय ५४ बराबरको शेयर कारोबार भयो । यस्तै शिवम् सिमेन्ट रु छ करोड तीन लाख पाँच हजार दुई सय ६३, एनआइसी एशिया बैंक रु चार करोड ३७ लाख २९ हजार छ सय ४९, नबिल बैंक रु तीन करोड ८५ लाख ६१ हजार चार सय ९४, नेपाल पुनरबीमा कम्पनी रु दुई करोड ५१ लाख ६९ हजार तीन सय बराबरको शेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार बुद्धभूमि नेपाल हाइड्रोपावर चार दशमलव २९, यसनिक नेपाल लघुवित्त चार दशमलव शुन्य दुई, बोटलर्स नेपाल तराई तीन दशमलव ९१, लक्ष्मी उन्नती कोष तीन दशमलव ७८, सामलिङ पावर कम्पनीको शेयर मूल्य तीन दशमलव ६४ प्रतिशतले बढेको छ ।
ग्लोबल आइएमई लघुवित्त सात, स्वाभिमान लघुवित्त पाँच दशमलव ८०, नाडेप लघुवित्त पाँच दशमलव ७४,सिटिजन म्युचुअल फण्ड पाँच दशमलव ६३ र सनराइज ब्ल्यूचिप फण्डको मूल्य पाँच प्रतिशतले घटेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |