धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
चितवन, २० माघ।
दुर्लभ एकसिङ्गे गैँडा संरक्षणसम्बन्धी छलफल आजदेखि यहाँ सुरु हुँदैछ । एसियाका पाँच देशका उच्च अधिकारीहरूको छलफल सहभागी हुनेछन् । ‘थर्ड राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ मा तीन दिनसम्म चितवनको पटिहानीमा छलफल हुन लागेको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा गणेश पन्तका अनुसार नेपाल, भारत, भुटान, इण्डोनेसिया र मलेसियाका उच्च अधिकारी बैठकमा सहभागी हुनेछन् । नेपालबाट निकुञ्ज र वन विभागका महानिर्देशकसहित मन्त्रालयका सहसचिव बैठकमा सहभागी हुनुहुने उहाँले जानकारी दिनुभयो ।
यससँगै अरु देशबाट पनि गैँडासँग सम्बन्धित विज्ञ सहभागी हुने उहाँले जानकारी दिनुभयो । फिल्डमा रहेर काम गर्ने कर्मचारी पर्यवेक्षकका रूपमा सहभागी हुनेछन् । उहाँका अनुसार विज्ञहरूले कार्यपत्र र अनुभव आदान–प्रदान गर्नुहुनेछ।
विश्वमै सबैभन्दा बढी एकसिङ्गे गैँडा क्रमशः भारत र नेपालमा पाइन्छ । यसको संरक्षणमा देखिएका चुनौतीहरूका विषयमा बृहत् छलफल गरी आगामी योजनाहरू तय गरिने बताइएको छ । यसअघि पहिलो बैठक इण्डोनेसिया र दोस्र्रो बैठक भारतको दिल्लीमा भएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |