धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । उहाँले निर्यात प्रवर्द्धनका लागि नेपालमै अन्तर्राष्ट्रिय स्तरको मेला आयोजना गर्न सरकार सकारात्मक रहेको बताउनुभयो ।
आज निर्यात व्यवसायी महासङ्घका प्रतिनिधिहरुसँग कुरा गर्दै उहाँले यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरी आवश्यक निर्णय लिने बताउनुभयो । महासङ्घका अध्यक्ष रामबहादुर गुरुङ नेतृत्वको टोलीले अर्थमन्त्री पौडेलसँग निर्यात प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय मेला आयोजना गर्न माग गरेको थियो ।
महासङ्घले नेपाली मौलिक उत्पादनको पहुँच विश्वबजारसम्म पु¥याउन, निर्यातजन्य नेपाली वस्तु तथा सेवाको मूल्य तथा बजार बढाउन र निकासी सहजताका लागि आवश्यक पहल गर्न माग गरेको थियो । महासङ्घका अध्यक्ष गुरुङले अन्तर्राष्ट्रिय मेला आयोजना हुन सके नेपालमा उत्पादित वस्तुलाई विश्व बजारमा चिनाउन मद्दत पुग्ने बताउनुभयो ।
मेलामार्फत् नेपाली कला, संस्कृति, खाद्य परिकार प्रवर्द्धनमा सहयोग पुग्ने उहाँको भनाइ थियो । नेपालमै अन्तर्राष्ट्रियस्तरको मेला आयोजना गर्न करिब रू १९ करोड आठ लाख खर्च लाग्ने महासङ्घको अनुमान छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |