धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
मकवानपुर, २९ पुस ।
बागमती प्रदेशसभाका नवनिर्वाचित सभामुख भुवन पाठकले शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभा नियमावली २०७४ को उपनियम ८ बमोजिम बागमती प्रदेशका सभामुख पाठकलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
आज भएको मतदानमा पाठक सभामुख पदमा निर्वाचित हुनुभएको थियो । शपथ ग्रहण समारोहमा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल तथा मन्त्रीहरु र प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गाना उपस्थित हुनुहुन्थ्यो ।
नवनिर्वाचित सभामुख पाठक साविक नुवाकोट जिल्ला र हाल काठमाडौँ उपमहानगरपालिका–३० का स्थायी बासिन्दा हुनुहुन्छ । उहाँले स्नातकोत्तरसम्मको शिक्षा अध्ययन गर्नुभएको छ । यसअघि उहाँले विघटित पञ्चायत व्यवस्थाको वर्गीय सङ्गठनमध्ये नेपाल युवक सङ्गठनका केन्द्रीय सचिव पदमा निर्वाचित हुँदैदेखि राजनीतिक जीवन सुरु गर्नुभएको थियो ।
पाठकले मुलुकमा बहुदलीय प्रजातन्त्र स्थापनापछि २०४७ सालमा राप्रपाको स्थापनासँगै संस्थापक सदस्य हुँदै केन्द्रीय सदस्यमा निर्वाचितमा हुनुहुन्थ्यो । यसैगरी उहाँले राप्रपाको सहमहामन्त्री एवं प्रवक्ता र पार्टीको महामन्त्रीसमेतको जिम्मेवारी सम्हाली सक्नुभएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |